लस एन्जलसमा दुई समूहबीच गोली हानाहान, २ जनाको मृत्यु

अमेरिका- लस एन्जलसको एउटा पार्कमा दुई समूहबीच गोली हानाहान हुँदा कम्तीमा दुई जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् । स्यान पेड्रोको पेक पार्कमा चलिरहेको कार शोको क्रममा स्थानीय समयअनुसार आइतबार साँझ ४ बजे गोलीबारी भएको न्युयोर्क पोस्टले रिपोर्ट गरेको छ । पेक पार्कमा दुई पक्षबीचको विवादका कारण गोली हानाहान सुरु भएको […]

सम्बन्धित सामग्री

भारतको मणिपुरमा फेरी हिंसा भड्कियो, थप २ जनाको मृत्यु

एजेन्सी । भारतको मणिपुरमा फेरि जातीय हिंसा भड्किदा थप २ जनाको मृत्यु भएको छ । कुकी र मेइती समुदायबीचको तनाव केही समय मत्थर भएकोमा फेरी हिंसा भड्किएको हो । मणिपुरको तङनोपाल जिल्लाको पल्लेल क्षेत्रमा आइतबार बिहानै सुरक्षा बल र सशस्त्र व्यक्तिहरूबीच दुई ठाउँमा गोली हानाहान हुँदा दुई जनाको मृत्यु भएको छ । घटनामा सेनाका मेजरसहित […]

दक्षिण अफ्रिकामा गोली हानाहान : जोहानेसबर्ग बारमा १४ जनाको मृत्यु

दक्षिण अफ्रिकी शहर जोहानेसबर्ग नजिकै रहेको सोवेटो टाउनसिपमा रहेको एउटा बारमा भएको गोलीकाण्डमा कम्तीमा १४ जनाको मृत्यु भएको छ ।  शनिबार–आइतबारको मध्यरात घटना भएको र बिहान प्रहरीलाई खबर गरिएको प्रहरीले बताएको छ ।प्रहरी त्यहाँ पुग्दा १२ जनाको मृत्यु भइसकेको थियो । अस्पताल लगिएको ११ जनामध्ये थप २ जनाको मृत्यु भएको थियो । घटनास्थलमा भेटिएको गोलीका अवशेषले आक्रमणकारी भीडमै रहेको देखाएको प्रहरी अधिकृत इलियास मावेलाले बताए । अहिले प्रहरीले सम्पूर्ण क्षेत्र सिल गरेर घटनाको अनुसन्धान भइरहेको छ।

लस भेगस शहरस्थित क्यासिनोमा अन्धाधुन्धा फायरिङ, २ को मृत्यु २४ घाइते

अमेरिकाको लस भेगस शहरस्थित एउटा क्यासिनोमा अन्धाधुन्धा गोली हानाहान हुँदा २ जनाको मृत्यु भएको छ भने २४ जना घाइते भएका छन्। प्रत्यक्षदर्शीहरूका अनुसार अाइतबार राती म्याण्डले बे क्यासिनोको माथिल्लो तल्लाबाट गोली हानिएको थियो । अन्तराष्ट्रिय सञ्चार माध्यमका अनुसार अाइतबार करीब १० बजे राती एउटा सांगीतिक कार्यक्रम भइरहँदा फायरिङ भएको थियो । कार्यक्रममा सहभागी भएका मानिसहरू…