सत्यमाेहन जाेशीकाे स्वास्थ्यमा सामान्य सुधार

काठमाण्डाै – वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको स्वास्थ्यमा सामान्य सुधार भएको छ । विगत १८ दिनदेखि ललितपुरको किस्ट अस्पतालमा उपचाररत जोशीको स्वास्थ्यमा हिजो साेमवारभन्दा आज मङ्गलवार केही सुधार आएको अस्पतालले जनाएको छ ।  मुटुको चालसम्बन्धी समस्यामा पनि केही सुधार आएको र उहाँले सामान्य प्रतिक्रियासमेत देखाउनुभएको अस्पतालका निर्देशक प्रा. डा. सुरज बज्राचार्यले जानकारी दिनुभयो । छातीमा निमोनियाको सङ्क्रमण भएकाले एन्टिबायोटिक्स भने निरन्तर छ । रगत परीक्षणपछि उहाँमा डेङ्गी पुष्टि भइ उपचार भइरहेकाेमा हिजो बढी समस्या आए...