पेन्सन सुधार कानुन यसै वर्षको अन्त्यसम्ममा लागू हुन्छ : फ्रान्सका राष्ट्रपति म्याक्रो

फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोले सरकारको विवादास्पद पेन्सन सुधार कानुन यस वर्षको अन्त्यसम्ममा लागू गर्ने बताउनुभएको छ । सरकारको निर्णयमा देशव्यापी विरोध भइरहेको छ । साथै फ्रान्सको संवैधानिक अदालतले पनि आफ्नो अन्तिम निर्णय दिन बाँकी नै छ । तर राष्ट्रपति म्याक्रोले पेन्सन सुधार कार्यक्रम यसै वर्षको अन्त्यसम्ममा लागू गर्न आवश्यक रहेको बताउनुभएको छ । फ्रान्समा विपक्षी दलले पनि पेन्सनको उमेरलाई ६२ वर्षबाट बढाएर ६४ वर्ष बनाउने सरकारको निर्णयको विरोध गर्दै आएकाे छ। ‘आजका दिनमा हुने अलोकप्रियता स्वीकार्नु आवश्यक छ ...

सम्बन्धित सामग्री

भारतको गणतन्त्र दिवसमा फ्रान्सका राष्ट्रपति म्याक्रोँलाई निमन्त्रणा

नयाँदिल्ली– भारतको गणतन्त्र दिवस समारोहमा प्रमुख अतिथिका रूपमा फ्रान्सका राष्ट्रपतिलाई निमन्त्रणा गरिएको छ । फ्रान्सका राष्ट्रपति इमानुयल म्याक्रोँलाई सन् २०२४ को जनवरी २६ मा भारतको गणतन्त्र दिवस समारोहमा सहभागी हुन निमन्त्रणा गरिएको स्रोतहरूले जनाएका छन् ।  नयाँदिल्लीमा आयोजना हुने गणतन्त्र दिवस समारोहमा फ्रान्सको नेतृत्वको प्रमुख आतिथ्यताको यो छैठौं अवसर हुनेछ । म्याक्रोँभन्दा पहिले फ्रान्सका पूर्वप्रधानमन्त्री […]

चिनियाँ राष्ट्रपति सी र फ्रान्सका राष्ट्रपति म्याक्रोँबीच बेइजिङमा भेटवार्ता

बेइजिङ – चीनका राष्ट्रपति सी चिनफिङ र फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँबीच बिहीबार बेइजिङमा भेटवार्ता भएको छ। विगत केही वर्षदेखि चीन र फ्रान्सले द्विपक्षीय सम्बन्धमा सकारात्मक र सुदृढ वृद्धिको गति कायम राख्न मिलेर काम गरेको म्याक्रोँले बताए। राष्ट्रपति म्याक्रोँको तीन वर्षभन्दा लामो समयपछि भएको चीनको राजकीय भ्रमणको स्वागत गर्दै राष्ट्रपति सीले बदलिँदो र अस्थिर अन्तर्राष्ट्रिय परिदृश्यका […]

फ्रान्सका राष्ट्रपति म्याक्रोँ चीन भ्रमणमा जाँदै

चीनका राष्ट्रपति सी चिनफिङको निमन्त्रणामा फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँ चीनको भ्रमणमा जाने भएका छन्। उनले यही अप्रिल ५ देखि ७ सम्म चीनको राजकीय भ्रमण गर्ने चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता ह्वा चुनयिङले सोमबार जनाकारी दिएका छन्। भ्रमणको विस्तृत विषय र तालिका भने सार्वजनिक हुन बाँकी छ।

फ्रान्सका राष्ट्रपति म्याक्रोँ विश्वकप फाइनल हेर्न जाने

फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोंले सन् २०२२ को फिफा विश्वकपको फाइनल खेल हेरेर खेलाडी र शुभचिन्तकलाई साथ दिन कतारमा जानुभएको छ । अर्जेन्टिनाका राष्ट्रपति अल्बर्टो फर्नान्डेजले भने फाइनल खेल हेर्नका लागि कतार नजाने बताउनुभएको छ । आइतबार अर्जेन्टिनाले प्रतियोगितामा पहिलो स्थानका लागि फ्रान्ससँग खेल्नेछ । उहाँले भन्नुभयो, “लाखौं देशवासी जस्तै म पनि घरेलु मैदानमा विश्वकप फाइनलको …

फ्रान्सका राष्ट्रपति म्याक्रोँ भन्छन्-सलमान रुश्दीमाथिको आक्रमण पाशविक

एजेन्सी – शुक्रबार बेलुका अमेरिकाको न्यूयोर्कमा आक्रमणमा परेका चर्चित लेखक सलमान रुस्दीमाथि फ्रान्सले सहानुभूति जनाएको छ। फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले फ्रान्स उनको साथमा रहेको बताएका छन्। उपन्यासकार रुस्दीको संयुक्त राज्य अमेरिकामा एक साहित्यिक कार्यक्रममा छुरा प्रहार भएको थियो। ‘३३ वर्षदेखि सलमान रुस्दीले अस्पष्टताविरुद्धको लडाइँलाई मूर्त रूप दिनु भएको छ। उहाँमाथि कायर तवरले आक्रमण भयाे, उहाँमाथि […]

फ्रान्सका राष्ट्रपति र जर्मनीका चान्सलरले रसिया र युक्रेनको भ्रमण गर्ने

फ्रान्सका राष्ट्रपति र जर्मनीका चान्सलरले आगामी साता रसिया र युक्रेनको भ्रमण गर्ने भएका छन् । युक्रेनको सीमा क्षेत्रमा रसियाले एक लाख सेना तैनाथ गरेपछि उक्त क्षेत्रमा तनाव बढेपछि समस्या समाधानका...

पेगासस जासूसीः सूचीमा फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रों पनि

बीबीसी।पेगासस जासुसीको सूचीमा फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोंको नाम पनि परेको छ।इजरायली कम्पनी एनएसओले निर्माण गरेको ‘पेगासस स्पायवेयर’ मार्फत जासूसी भएका विश्व नेताहरुको सूचीमा फ्रान्सका राष्ट्रपति पनि निशानामा थिए।निशानामा उनलाई राखे पनि पेगाससमार्फत उनको फोन ह्याक गरियो वा गरिएन भन्ने केही खुलाइएको छैन।“यदि मिडिया रिपोर्ट सहि हो भने यो गम्भीर विषय हो”, फ्रान्स सरकारको न्यायाधिवक्ता कार्यालयले विज्ञप्ति मार्फत भनेको छ।

फ्रान्सका राष्ट्रपति म्याक्रोँको फोन सम्भावित निगरानीको सूचिमा

स्पाइवेयर मार्फत फोन ह्याकिङ्गको निशानामा पर्ने विश्वका विभिन्न नेताहरु मध्ये फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोँ पनि रहेको विभिन्न सञ्चारमाध्यममा आएका खबरमा उल्लेख छ । पेगासस नाम गरेको सफ्टवेयरको प्रयोग गरेर फोन ह्याक गरि जानकारीहरु चोरिएको हुन सक्ने उल्लेख छ । सो सफ्टवेयरले फोन ह्याक गरि त्यसका गतिविधिहरु निगरानी गर्न सक्छ । पेगासस सफ्टवेरको प्रयोग गरि विभिन्न […]

फ्रान्सका राष्ट्रपति म्याक्रोँलाई एक व्यक्तिले झापड हाने [भिडियो]

फ्रान्सका राष्ट्रपति इम्यानुअल म्याक्रोँलाई एक व्यक्तिले झापड हानेका छन् । मंगलबार फ्रान्सको दक्षिण-पूर्वी क्षेत्रको भ्रमणका क्रममा एक व्यक्तिले उनलाई झापड हानेका हुन्