भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप अस्पताल कोभिड युनिटमा अक्सिजन प्लान्ट निर्माणका लागि १ करोड ३४ लाख ६९ हजार ६ सय २५ रुपैयाँ सहयोग प्राप्त भएको छ । कोभिड यूनिटमा आवश्यक अक्सिजन व्यवस्था गर्न अक्सिजन प्लान्ट र आवश्यक स्वास्थ्य उपकरणका लागि नगरपालिकाले आह्वान गरेको सहायतालाई स्वीकार्दै विभिन्न सहकारी संस्था, संघ संस्था र दाताहरुले आर्थिक तथा भौतिक सहयोग गर्दै आएका छन् ।