सम्बन्धविच्छेदको नयाँ 'भेरियन्ट'– पतिको कमाइबाट विदेशमा पढाइ, पीआर पाएपछि लात !

गुल्मीको मालिका गाउँपालिकाका ३२ वर्षीय विक्रम (नाम परिर्वतन) र बुटवल उपमहानरपालिकाकी ३० वर्षीया रञ्जना (नाम परिर्वतन) २०७४ मंसिरमा विवाह बन्धनमा बाँधिए ।  १० वर्षको प्रेम सम्बन्धलाई उनीहरूले विवाहमा परिणत गरेका थिए । गाउँमा जन्मिएका विक्रम र शहरमा जन्मिएकी रञ्जनाबीच गाउँमा भेट हुँदा प्रेम सम्बन्ध गाँसिएको थियो ।  पछि परिवारकै सहमतिमा भव्य तबरले विवाह भएको थियो । विवाह गर्दा ससुराली पक्षले तराईमा घर वा जग्गा हुनुपर्ने शर्त राखेका थिए । विक्रमले गाउँको ऋण धन गरेर बुटबलमा जग्गा जोडेपछि विवाह भएको थियो...