देशलाई महँगो सरकार हामीले पाल्नु पर्यो : ओली

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार महँगो भएको टिप्पणी गरेका छन्। शनिबार एमाले संसदीय दलको बैठकलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले देशलाई महँगो सरकार पालिरहनु परेको बताएका हुन्। उनले सरकारको नीति तथा कार्यक्रममा संघीयतालाई सबलीकरण गर्ने विषयमा नबोलेको बताए। ‘देशलाई महँगो सरकार हामीले पाल्नु परेको छ। राजनीतिक क्षेत्रमा कसरी देशलाई अगाडि लैजाने? केही सोच्नुपर्छ कि पर्दैन? गम्भीर प्रश्नहरू उठिरहेका छन्। स