यी ४ तरिकाबाट हेर्न सकिन्छ सीवाईसी नेपाल लघुवित्तको आईपिओ नतिजा

सीवाईसी नेपाल लघुवित्तले निष्काशन गरेको आईपिओ बाँडफाँड भएको छ ।  बिक्रि प्रबन्धक ग्लोबल आईएमई क्यापिटलले आज बिहिबार बिहान नक्साल स्थित क्यापिटल कै कार्यालयमा शेयर बाँडफाँड गरेको हो ।  क्यापिटलका अनुसार आईपिओमा कुल २२ लाख ५ हजार ६ सय ६३ जनाको आवेदन परेको थियो । जस मध्ये ३ हजार २ सय ७२ जनाको आवेदन रद्द भएको छ । योग्य रहेका २२ लाख २ हजार ३ सय ६१ जना आवेदकलाई गोलाप्रथामा समावेश गराएर आईपिओ बाँडफाँड गरिएको छ । जस अनुसार गोलाप्रथाबाट ३६ हजार ९ सय ४८ जनाले १० कित्ताको दरले शेयर पाएका छन् । ति मध्ये ८ जनाले थप १ कित्ता शेयर पाउँदा लगानीकर्ताले अधिकतम ११ कित्ता शेयर पाएका छन् । यस हिसाबमा आवेदन दिएका मध्ये २१ लाख ६८ हजार ६ सय ८५ जना आवेदक हात खाली भएका छन् । आईपिओको नतिजा प्रकाशन भएपछि विभिन्न ४ तरिकाबाट हेर्न सकिने छ ।  जस अनुसार ग्लोबल आईएमई क्यापिटलको वेबसाइट www.globalimecapital.com/, सिडीएससीको मेरोशेयरको वेबसाइट meroshare.cdsc.com.np/#/login,  सिडीएसले आईपिओको लागि संचालन गरेको वेबसाइट iporesult.cdsc.com.np/ बाट र  सीवाईसी नेपाल लघुवित्तको वेबसाइट https://cycnlbsl.org.np/ बाट हेर्न सकिने छ । मेरोशेयरको वेबसाइटबाट आफुले आईपिओमा आवेदन गर्दाको एप्लिकेसन रिपोर्टमा गएर तथा अन्यको हकमा आफ्नो डिम्याट नम्बर हालेर नतिजा हेर्न सकिने छ । केहि घण्टामा आईपिओको नतिजा हेर्न सकिने क्यापिटलले जनाएको छ  । मेरोशेयरमा भने केहि ढिलो मात्र नतिजा उपलब्ध हुने छ । कम्पनीले बैशाख २ गतेदेखि बैशाख ६ गतेसम्म आईपिओ निष्काशन गरेको हो ।  कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँ अङ्कित ३ करोड ९५ लाख ३३ हजार ६ सय रुपैयाँ बराबरका ३ लाख ९५ हजार ३३६ कित्ता साधारण शेयर निष्कासन तथा बिक्री खुला गरेको हो । कुल निष्कासनमध्ये ५ प्रतिशत अर्थात १९ हजार ७६६ कित्ता शेयर सामूहिक लगानी कोष र जारी पुँजीको ०.५ प्रतिशत अर्थात ६ हजार ८२ कित्ता कर्मचारीलाई सुरक्षित गरिएको थियो । बाँकी रहेको ३ लाख ६९ हजार ४८८ कित्ताका लागि सर्वसाधारणले आवेदन दिएका हुन् । आईपिओमा २ करोड ४५ लाख २० हजार १ सय ४० कित्ताको लागि आवेदन परेको थियो। जुन माग भन्दा ६६.३६ गुणा बढी हो।  

सम्बन्धित सामग्री

आज १७ अंकले बढ्यो शेयर बजार

शेयर बजार परिसूचक नेप्से आज १६ दशमलव ९७ अंकले बढेर एक हजार नौ सय दुई दशमलव २८ विन्दुमा पुगको छ । नेप्से परिसूचक बढेको दिन आज सबैभन्दा धेरै सीवाईसी नेपाल लघुवित्त र समिट लघुवित्तको शेयर १० प्रतिशत तथा नेपाल दूरसञ्चार कम्पनीको शेयर साढे सात प्रतिशतले बढेको छ । आज बैंकिङबाहेक अन्य समूहको शेयर बढेको छ […]

आँधीखोला र सीवाईसी लघुवित्तको सेयर कारोबार रोकियो

आँधिखोला लघुवित्त वित्तीय संस्था र सीवाईसी नेपाल लघुवित्त वित्तीय संस्थाको दोस्रो बजारमा सेयर कारोबार रोकिएको छ । यी कम्पनीहरूबीच मर्जरमा जाने सम्झौता भएपछि नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले सेयर कारोबार रोक्का गरेको हो ।यी दुई कम्पनीबीच बुधबार मर्जरमा जाने सम्झौता भएको थियो । सीवाईसीको १०० कित्ता बराबर आँधिखोलाको ७० कित्ताको अनुपातमा मर्जरमा जाने सम्झौता भएको हो । यस सम्झौताअनुसार नै दुई कम्पनीको सेयर कारोबार रोक्का भएको हो ।सीवाईसी लघुवित्तको चुक्ता पूँजी १२ करोड १६ लाख रुपैयाँ छ भने आँधिखोला लघ

आँधीखोला लघुवित्त र सीवाईसी नेपाल लघुवित्त मर्ज हुने, स्वाप कति ?

आँधीखोला लघुवित्त र सीवाईसी नेपाल लघुवित्तबीच मर्जर सम्झौता हुने भएको छ । दुई संस्थाबीच आज बुधबार मर्जरमा जाने सम्झौता हुन् लागेको हो । १००:७० को स्वापमा मर्जरमा जाने प्रारम्भिक सहमति भएको हो । जस अनुसार आंधीखोला लघुवित्तको १०० कित्ता शेयर हुने शेयरधनीले मर्जरपछि बन्ने कम्पनीको ७० कित्ता शेयर पाउने छन् । यद्यपि अन्तिम स्वाप भने डिडिएपछि तय हुने कम्पनीले जनाएको छ ।यस अघि आँधिखोला लघुवित्त र धौलागिरि लघुवित्तले २०७६ पौष २ गते मर्जमा जाने सम्झौता गरेका थिए । तर मर्जर भाडिएपछि नेप्सेमा गत जेठ २७ गतेदेखि कम्पनीको शेयर कारोबार फुकुवा भएको थियो । अब कम्पनीले फेरि मर्जर सम्झौता गरेसंगै एक महिना पनि नपुग्दै कम्पनीको शेयर कारोबार रोक्का हुने भएको छ । आँधिखोला लघुवित्तको केन्द्रीय कार्यालय स्याङ्गजाको बयरघारीमा रहेको छ। हाल कम्पनीको चुक्ता पुँजी ११ करोड ९० लाख रहेको छ ।सीवाईसी नेपाल लघुवित्तले भने केहि समय अघि मात्र आईपिओ जारी गरेको हो । कम्पनीको केन्द्रीय कार्यालय बाग्लुङ जिल्लाको बाग्लुङ नगरपालिका स्थित बाग्लुङ बजारमा रहेको छ । कम्पनीको चुक्ता पुँजी १२ करोड १६ लाख रहेको छ ।

सीवाइसी नेपाल लघुवित्तमा रोजगारीको अवसर, विभिन्न पदमा १०१ जना कर्मचारी माग

काठमाडौं। सीवाईसी नेपाल लघुवित्त वित्तीय संस्थाले बिभिन्न पदमा कर्मचारी भर्ना लिने भएको छ। लघुवित्तले व्यवस्थापक र अधिकृत तहका विभिन्न पदहरुमा १ सय

खुल्यो सीवाईसी नेपालको आईपीओ

सीवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले आजदेखि प्राथमिक सार्वजनिक निष्काशन (आईपीओ) को बिक्री खुला गर्ने भएको छ ।

खुल्यो सीवाईसी नेपालको आईपीओ

सीवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले आजदेखि प्राथमिक सार्वजनिक निष्काशन (आईपीओ) को बिक्री खुला गर्ने भएको छ ।

सीवाईसी नेपाल लघुवित्तको आईपीओ आजबाट बिक्री खुला

काठमाडौं । सीवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको धितोपत्रको प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) बिक्री आजबाट खुला भएको छ । लघुवित्तले सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँअंकित मूल्यमा तीन करोड ९५ लाख ३३ हजार ६०० रुपैयाँबराबरको दुई लाख ३६ हजार २५० कित्ता साधारण सेयर निष्कासन गरेकाे हो । कम्पनीले जारी पुँजी १२ करोड...

सीवाईसी नेपाल लघुवित्तको शेयर निष्कासन हुने

सीवाईसी नेपाल लघुवित्त वित्तीय संस्थाले सर्वसाधारणका लागि शेयर निष्कासन गर्ने भएको छ । कम्पनीको शेयर २ वैशाखमा निष्कासन गर्ने कम्पनीले जनाएको छ ।

सीवाईसी नेपाल लघुवित्तले वैशाख २ देखि आईपीओ निष्कासन गर्ने

काठमाडौं । सीवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले आउँदो वैशाख २ गतेदेखि धितोपत्रको प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) बिक्री खुला गर्ने भएको छ । लघुवित्तले सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँअंकित मूल्यमा तीन करोड ९५ लाख ३३ हजार ६०० रुपैयाँबराबरको दुई लाख ३६ हजार २५० कित्ता साधारण सेयर निष्कासन गर्न लागेको हो...

चार करोडको आईपीओ अनुमति माग्दै धितोपत्र बोर्ड पुग्यो सीवाईसी लघुवित्त

साधारण सेयर (आईपीओ) अनुमति माग्दै सीवाईसी नेपाल लघुवित्त वित्तीय संस्था नेपाल धितोपत्र बोर्ड पुगेको छ । कम्पनीले ३ लाख ९५ हजार ३३६ कित्ता आईपीओ बिक्री खुला गर्न अनुमति मागेको हो ।धितोपत्र बोर्डबाट अनुमति पाएपछि लघुवित्तले चार करोड रुपैयाँ बराबरको आईपीओ जारी गर्ने छ । कम्पनीले बोर्डसँग ३ करोड ९५ लाख ३३ हजार ६०० रुपैयाँको ३ लाख ९५ हजार ३३६ कित्ता आईपीओ बिक्रीको अनुमति मागेको छ ।बाग्लुङ जिल्लाको सदरमुकाममा केन्द्रीय कार्यालय रहेको कम्पनीको बिक्री प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटल नियुक्त भएको छ । हा