सुनकोसी-मरिण आयोजनाको काम तीव्र

नेपाल सरकारले प्राथमिकताप्राप्त आयोजनाको सूचीमा राखेर काम सुरु गरेको सुनकोसी–मरिण डाइभर्सन तथा उर्जा आयोजाको काम तीव्र रुपमा भैरहेको छ । यसका लागि डीपीआर तयार गरी सुरुङ निर्माणको डिजाइन र जग्गा अधिग्रहणको काम समेत दु्रत गतिमा भइरहेको छ । यो आयोजनाले प्रदेश नं २ का सप्तरी देखि वारा सम्मका ५ जिल्लाका १ लाख २२ हजार हेक्टर खेतियोग्य जमिनमा सिंचाइ पु-याउनका साथै २६.६८ मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य लिएको छ ।जसका लागि ६७ घनमिटर पानी स्थानान्तरण गरेर र स्थानान्तरण गर्दा प्रयोग हुने ६४ मिटर हेडको प्रयोग गरीआयोजना अगाढि बढाइने छ ।

सम्बन्धित सामग्री

काठमाडौं–तराई द्रुतमार्गअन्तर्गत सुरुङमार्गको काम तीव्र

काठमाडौं। नेपाली सेनाले जिम्मा लिएको काठमाडौं–तराई-मधेस द्रुतमार्ग (फास्ट ट्रयाक) अन्तर्गत सुरुङमार्गको काम तीव्र गतिमा भइरहेको छ । तराई–मधेसलाई काठमाडौंसँग एक घण्टा २ मिनेटको दूरीमा ल्याएर वीरगञ्ज नाकाबाट अधिक लाभ हासिल गर्ने उद्देश्यसहित निर्माण थालिएको द्रुतमार्गको कतिपय कामहरू ढिला भए पनि सुरुङमार्गको काम भने तीव्र गतिमा अघि बढेको छ । सेनाको व्यवस्थापनमा निर्माण भइरहेको नेपाल सरकारको […]

बीपीमार्ग स्तरोन्नतिको काम तीव्र

दाङको पहाडी विकट बस्ती हाँसीपुर हुँदै प्रदेश राजधानी जोड्ने बीपीमार्ग अन्तर्गत सिमलतारा–मूलाबारी–हाँसीपुर–बाङ्गेसाल सडक स्तरोन्नतिको काम तीव्र गतिमा अघि बढेको छ । बीपीमार्गअन्तर्गत घोराही उपमहानगरपालिका–१ को सिमलतारादेखि बंगलाचुली गाउँपालिकाको हाँसीपुरसम्मको सडक स्तरोन्नतिको काम अघि बढेको हो । जिल्लाका विभिन्न ठाउँमा सडक निर्माण तथा विस्तारका काम अघि बढ्न नसकेको अवस्थामा सिमलतारा–मुलाबारी–हाँसीपुर–बांङ्गेसाल सडक खण्डअन्तर्गतको १७ किलोमिटर सडक निर्माणको […]

पूर्व–पश्चिम राजमार्ग स्तरोन्नतिको काम तीव्र

कञ्चनपुर । कञ्चनपुरमा पूर्व–पश्चिम राजमार्ग स्तरोन्नतिको कामले तीव्रता पाएको छ । सडक डिभिजन कार्यालय महेन्द्रनगरले राजमार्ग स्तरोन्नति कार्यक्रमअन्तर्गत सडक चौडा बनाउने काम गरिरहेको हो । कार्यालयले आफ्नो क्षेत्राधिकारभित्र पर्ने पूर्व–पश्चिम राजमार्ग स्तरोन्नति गर्न ८ करोड रुपैयाँमा ठेक्का लगाएको थियो । राजमार्ग चौडा गर्न माटो भरान गर्ने, कल्भर्ट बनाउनेलगायत काम भइरहेको कार्यालयमा सूचना अधिकारी पीयुष चटौतले बताए । उनका अनुसार महेन्द्रनगर बजार क्षेत्रको शिवमन्दिर अगाडिको क्षेत्रमा तीन किलोमिटर र झलारी क्षेत्रमा १ हजार २०० मिटर सडक स्तरोन्नतिको काम भइरहेको छ । सडक विस्तारपछि कालोपत्र गर्ने डिभिजन कार्यालयको योजना छ । ‘दशओटा कल्भर्ट चौडा गर्ने काम अन्तिम चरणमा पुगेको छ, सडक विस्तार गरी चार लेनको बनाइँदै छ, ट्राफिक चाप बढी भएका ठाउँमा सडकमा एक/एक लेन थप्न लागेका हौं,’ सूचना अधिकारी चटौतले भने । गत आर्थिक वर्ष २०७८/७९ मा सडक बोर्डमार्फत राजमार्गको भाँसी सडक खण्ड चौडा गरिएको थियो । गड्डाचौकी, दैजी, सिसैयालगायत क्षेत्रमा यसअघि नै सडक चौडा गरिएको छ । सडक निर्माणका लागि मुमताज कन्स्ट्रक्सन–जसलिङ जेभी र कल्भर्ट निर्माणका लागि मैनाचुली जेभीसँग ठेक्का सम्झौता गरिएको थियो । पुराना ठेक्काबाट बचेको रकमबाट पुनः बोलपत्र आह्वान गरी सडक स्तरोन्नतिको काम अघि बढाइँदै आएको छ । चालू आर्थिक वर्ष २०७९/८० को असार मसान्तसम्ममा सडक र कल्भर्ट चौडा गर्ने काम सम्पन्न गर्नेगरी समय सीमा निर्धारण गरिएको छ । यसैगरी सडक डिभिजन कार्यालय महेन्द्रनगरले निर्वाचन क्षेत्र रणनीतिक सडक कार्यक्रमअन्तर्गत कैलाली र कञ्चनपुरका आठ निर्वाचन क्षेत्रमध्ये सातमा सडक निर्माण गरिरहेको छ । ‘जग्गा प्राप्ति नहुँदा एक निर्वाचन क्षेत्रमा सडक स्तरोन्नति अघि बढ्न सकेको छैन, बाँकी सात ओटामा काम भइरहेको छ, हालसम्म लगभग १५ प्रतिशत काम सम्पन्न भएको छ,’ चटौतले भने । पूर्व–पश्चिम राजमार्ग स्तरोन्नतिको काम शुरू भएको २ वर्षभित्र सम्पन्न गर्नेगरी ठेकेदार कम्पनीसँग सम्झौता भएको कार्यालयका सूचना अधिकारी चटौतले जानकारी दिए । सडक स्तरोन्नतिका लागि तीन करोड २० लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ । निर्माण थालिएका सातओटै निर्वाचन क्षेत्रका सडक खण्ड ८ देखि १० किलोमिटर फराकिला हुनेछन् । रासस

खोटाङमा विद्युतीकरणको काम तीव्र

खोटाङ – दश स्थानीय तह रहेको खोटाङमा अहिले अधिकांश स्थानीय तहमा विद्युतीकरणको काम भइरहेको छ। पाँच वर्षभित्र सबै ठाउँमा विद्युत् विस्तार गरिसक्ने संघीय सरकारको योजनाअनुसार जिल्लाका दशवटै स्थानीय तहमा बसोबास गर्ने उपभोक्ताको घरमा बिजुली बाल्ने गरी विद्युत् प्राधिकरण दिक्तेल वितरण केन्द्रले विद्युतीकरणलाई तीव्रता दिएको हो। ऐसेलुखर्क गाउँपालिकामा १८ महिनाभित्र विद्युतीकरणको सम्पूर्ण काम सक्नेगरी शनिबारदेखि विस्तृत […]

प्रदेशसभाको बैठक दाङमै राख्ने गरी राजधानी सार्ने काम तीव्र

१६ मंसिर, दाङ । लुम्बिनी प्रदेश राजधानी दाङ स्थानान्तरणको काम तीव्र परिएको छ । २०७७ साल असोज २० गते प्रदेशसभाको दुई तिहाई बहुमतले प्रदेशको नाम लुम्बिनी र स्थायी राजधानी राप्ती उपत्यका देउखुरी तोक्ने निर्णय गरेको थियो । प्रदेशसभाले गरेको निर्णय अनुरुप करिब डेढ वर्षपछि प्रदेश राजधानी कार्यान्वयनको काम अघि बढाइएको हो । निर्वाचन लगतै लुम्बिनी […]

पहिरो पन्छाउने काम तीव्र गतिमा हुँदै

काठमाडौँ,४ कार्तिक । गएको असोज १९ देखि २४ गतेसम्म परेको अविरल वर्षाले कर्णाली राजमार्ग पूर्णरुपमा क्षति भएको छ । माथिल्लो कर्णालीवासीको सबैभन्दा सहज माध्यम भनेको कर्णाली राजमार्ग हो । यही राजमार्ग भएर देशका विभिन्न स्थनमा कर्णालीका बासिन्दा पुग्ने गरेका छन् । अहिले बाढी पहिराले राजमार्ग ठप्प हुँदा यहाँका नागरिकलाई सास्ती भएको छ । स्थानीय प्रशासन, […]

पाइपलाइन निर्माणको काम तीव्र

काठमाडौं । भारतको विहारस्थित मोतिहारीदेखि अमलेखगञ्जसम्म पाइपलाइनबाट पेट्रोल आयात गर्ने दोस्रो चरणको परियोजनाअन्तर्गत पूर्वाधार निर्माण कार्य तीव्र भइरहेको छ । दोस्रो चरणको कार्यअन्तर्गत इन्डियन आयल कोर्पोरेशन(आईओसी) को प्राविधिक सहयोगमा अमलेखगञ्ज डिपोको हाताभित्र पेट्रोल भण्डारण गृह निर्माण सुरु भएको हो । मोतिहारीबाट पाइपलाइनमार्फत डिजेल आयात गर्ने पहिलो चरणको परियोजना सम्पन्न भएपछि पाइपलाइनबाट पेट्रोल आयात गर्न दोस्रो […]

१३२ केभी लाइनको काम तीव्र

कोहलपुर–सुर्खेत–दैलेख १ सय ३२ केभी प्रसारण आयोजनाको काम तीव्र गतिमा भइरहेको छ।

सान्जेन जलबिद्युत आयोजनाको काम तीव्र

रसुवा । रसुवाको आमाछोदिङ्मो गाँउपालिका–५ मा निर्माणाधीन माथिल्लो साञ्जेन जलविद्युत् आयोजनाको विद्युत् गृहको उपकरण जडान गर्ने कामले गति लिएको छ । चिनियाँ ठेकेदार कम्पनी दोङ्फाङले एक महिना अघिबाट उपकरण जडान गर्ने काम गरेसँगै कामले पछिल्लो समय गति लिएको हो । १४ दशमलव ८ मेगावाट क्षमताको उक्त आयोजनाको कार्यस्थलमा दश चिनियाँ सहित २५ जना नेपाली प्राविधिकले […]

निषेधाज्ञामा पनि पुष्पलाल मध्यपहाडी लोकमार्गको काम तीव्र

जेठ ८, दैलेख । पुष्पलाल मध्यपहाडी राजमार्गअन्तर्गत लोहोरेदेखि सदरमुकाम दैलेख बजार खण्डको १० किलोमिटर सडकको काम तीव्र पारिएको छ । दैलेखमा दुई सातादेखि निषेधाज्ञा लागू गरिएको भए पनि विकास निर्माणका ठूला आयोजनाका काम भने निरन्तर सञ्चालनमा छन् । जिल्लाको भाग्य र भविष्यसँग जोडिएको यस राजमार्ग निर्माणका लागि सामाजिक दूरी कायम गरेर सुरक्षित रूपमा काम सञ्चालन गर्न स्थानीय प्रशासनले निर्माण कम्पनीलाई आग्रह गरेको छ । लामो समयदेखि बन्द भएको सडक निर्माणको काम धमाधम शुरु हुन थालेपछि जिल्लावासी निकै खुसी देखिएका छन् ।  राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको यस लोकमार्गले गति लिएपछि धेरै रोजगारी अवसरहरु सिर्जना भएका छन् ।  मध्यपहाडी राजमार्ग दैलेख हुँदै जान थालेपछि बस्ती नभएका ठाउँमा बजारको विस्तार हुँदै गएको छ । स्थानीय कृषिजन्य वस्तुले बजार पाउन थालेका छन् । दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज भएको छ ।  बाटोको सहज पहुँचले स्थानीय स्तरमा पर्यटन विकाससँगै ओझेलमा परेका पुराना सम्पदाहरु, तालतलैया एवम् स्थानीयस्तरमा बजारीकरणको विकास हुने निश्चित छ । दैलेख उद्योग वाणिज्य संघका अध्यक्ष कुलबहादुर बिकले जानकारी दिए । मध्यपहाडी राजमार्ग सञ्चालन भए दैलेखको मुहार परिवर्तन हुने, आन्तरिक र बाह्य पर्यटन प्रर्वद्धन हुने र व्यापार व्यवसाय बढ्ने बिकले बताए । शर्मा हिमाल निर्माण कम्पनीले जिम्मा लिएको लोहोरे–दैलेख १० किलोमिटर सडक विसं २०७९ सम्म कालोपत्र गरिसक्नुपर्ने सम्झौता छ । यही जेठ महीनाभित्र सडकको पर्खाल निर्माण, ग्याबिन निर्माण र नाली व्यवस्थापनसँगै कालोपत्रेका लागि सडक ग्राभेल गर्ने गरी काम तीव्र पारिएको निर्माण कम्पनीका शम्भु ठकुरीले जानकारी दिए । रासस