सर्वसम्मत रुपमा प्रतिनिधि चयन गर्न देउवाको निर्देशन

प्रधानमन्त्री शेरबहादुर देउवाले सर्वसम्मत रुपमा अधिवेशन गर्न कार्यकर्तालाई निर्देशन दिएका छन् । आइतवार देवानगन्ज गाउँपालिकाको नवनिर्मित भवनको उद्घाटन गर्न सुनसरी आएका देउवाले सर्वसम्मत रुपमा प्रतिनिधि चयन गर्न निर्देशन दिएका हुन् । उनले सर्वसम्मत नभए मात्रै चुनाव गर्नसमेत कार्यकर्तालाई निर्देशन दिएका हुन् ।