कोरोनाले एकै दिन १६ जनाको मृत्यु

काठमाडौं : नेपालमा आज एकै दिन कोरोना संक्रमणले १६ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार यो तेस्रो लहर सुरु भएपछिकै एकै दिनको सर्वाधिक मृत्यु हो। गएको २४ घण्टामा १० हजार बढीमा कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार २० हजार १ सय ८७ जनाको परीक्षण गर्दा १० हजार २ सय ५४ जनामा संक्रमण पुष्टि भएको हो।यो अवधिमा ७ सय ८ जना संक्रमणमुक्त भएका छन् । हाल सक्रिय संक्रमितको संख्या ७२ हजार ८ सय ६२ पुगेको मन्त्रालयले जनाएको छ ।