काठमाडौं। आगामी जेठ ६ गते हुने राष्ट्रियसभा सदस्यको उपनिर्वाचनका लागि निर्वाचन आयोगले आज निर्वाचन कार्यक्रम स्वीकृत गरेको छ। स्वीकृत कार्यक्रमअनुसार वैशाख २१ गते मतदाता नामावली प्रकाशन तथा दावी विरोध, वैशाख २२ र २३ गते उजुरीमाथि छानविन, वैशाख २३ गते अन्तिम मतदाता नामावली प्रकाशन, वैशाख २४ गते उम्मेदवारको मनोनयन पत्र दर्ता, वैशाख २९ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने रहेको छ।