सर्वदलीय बैठकः संसद खुलाउन पहल गर्ने सहमति

सभामुख अग्निप्रसाद सापकोटाले आह्वान गरेको सर्वदलीय बैठकमा संसद खुलाउन गम्भीर पहल गर्ने सहमति भएको छ । प्रमुख प्रतिपक्ष दल एमालेलाई समेत सहमतिमा ल्याएर संसद खुलाउन सरकार र सत्तारुढ दलहरुले गम्भिर पहल गर्ने महत्वपूर्ण सहमती गरिएको सभामुख सापकोटाले जानकारी दिए । उनले संसदमा विचाराधीन नागरिकतासँग सम्बन्धित विधेयक, हवाई उडानसँग सम्बन्धित विधेयकलगायतका जनसरोकारका विधेयकहरु पारित हुने वातावरण बनाउन आफूले प्रधानमन्त्री शेरबहादुर देउवा र दलका नेताहरुको ध्यानाकर्षण गराइएको पनि बताए । सभामुख सापकोटाले

सम्बन्धित सामग्री

गठबन्धनमा सहमति नभइ एमसीसी सदनमा पेस हुँदैन : प्रचण्ड

काठमाडौँ- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड गठबन्धनमा सहमति नभइ एमसीसी सदनमा पेस नहुने प्रष्ट पारेका छन् । मंगलबार बसेको पार्टीको संसदीय दलको बैठकमा दाहालले यथास्थितिमा एमसीसी पास नहुने अडान पनि दोहोर्‍याएको प्रमुख सचेतक देव गुरूङले जानकारी दिए । बैठकले सर्वदलीय बैठक डाकेर संसद अवरोध हटाउन पहल गर्ने पनि निर्णय भएको उनले जानकारी दिए […]

सर्वदलिय बैठक निष्कर्षविहीन

काठमाडौं, भदौ २८ । आफैलाई तारो बनाउदै प्रमुख विपक्षी नेकपा एमालेले निरन्तर अवरुद्ध गरेको संसद बैठक सहज बनाउने पहल स्वरुप सभामुख अग्नि सापकोटाले सोमबार आयोजना गर्नु भएको सर्वदलीय बैठक बिनानिष्कर्ष सकिएको छ । संसद भवन बानेश्वरमा झण्डै साढे २ घण्टा बसेको बैठकमा संसदमा अवरोध गर्दै आएको एमालेनै सहभागी नभएपछि कुनै सहमति जुटेन । नेताहरुले भने […]