'पीपीई' भित्र लुकेकी ऊ

कविता मैले उसको र उसले मेरो अनुहार नदेखेको एक वर्ष भयो एक वर्षअघि देखेको उसको अनुहार  मेरो आँखै अघि घुमिरहेको छ उसले पनि मेरो झुसे अनुहार  झलझली सम्झिरहेकी होली याद छ मलाई मैले पहिलो पटक उसलाई लिपिस्टिक गिफ्ट दिएको आज पनि उसको ओठमा पक्कै रातै रङको लिपिस्टिक हुनुपर्छ उसको आँखाको गाजल दुरुस्त उस्तै हुनुपर्छ । ऊ हरदिन पीपीईमा गुम्सिन्छे अनि कहिलेकाहीँ निसासिन्छे  अचेल उसको मन बिथोलिएको छ सँगै निद्रा र भोक खोसिएको छ  अचेल उसको फोन पनि आउँदैन यताबाट गर्दा पनि हत्तपत्त उठ्दैन...