बजेट विवरण पेस गर्न पालिकाको आलटाल, अझै २ सय २ वटा पालिकाले पेस गरेनन्

काठमाण्डाै – पालिकाले बजेट विवरण पेस गर्न आलटाल गरेका छन् । ७ सय ५३ पालिकामध्ये अझै २ सय २ वटा पालिकाले विवरण पेस नगरेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको पोर्टलमा उल्लेख छ । साउन ४ गते बुधबार बिहानसम्म ५ सय ५१ वटा पालिकाले मात्रै आर्थिक वर्ष २०७९/८० को लागि ल्याएको बजेट प्रविष्ट गरेका छन् । पालिकाले असार मसान्तभित्र बजेट पारित गरी प्रविष्ट गर्नुपर्नेमा केही पालिकाले अहिलेसम्म पनि विवरण नबुझाएको मन्त्रालयका प्रवक्ता बसन्त अधिकारीले बताउनुभयो । बजेट पेस गर्न बाँकी रहेका धेरै पालिका मधेस प्रदे...