प्रतिबन्धित नेकपाका बास्तोला अदालत परिसरबाट पक्राउ, काभ्रे लैजाने तयारी

प्रतिबन्धित नेकपाका सचिवालय सदस्य धर्मेन्द्र बास्तोला सर्वोच्च अदालतबाट रिहा हुनेबित्तिकै पुनः पक्राउ परेका छन् । न्यायाधीश मीरा खड्का र सुष्मालता माथेमाको इजलासले बास्तोलालाई सोमवार अपराह्न रिहा गर्ने आदेश दिएको थियो । रिहापछि अदालत गेटबाटै प्रहरीले उनलाई पुनः गिरफ्तार गरेको हो । गिरफ्तारीपछि उनलाई महानगरीय प्रहरी परिसर ल्याएर राखिएको छ । बास्तोलामाथि काभ्रेमा मुद्दा विचाराधीन छ । परिसर स्रोतले उनलाई काभ्रे पठाउने तयारी रहेको बताएको छ ।