फुटबलको राष्ट्रिय महिला टोलीले सुरु गर्यो तयारी

राष्ट्रिय महिला फुटबल टोलीले एशिया कप छनोटको तयारी सुरु गरेको छ । महिला फुटबल टोलीका प्रमुख प्रशिक्षक गैरी फिलिप्सले बन्द प्रशिक्षणका लागि ४५ खेलाडी छनोट गर्नुभएको थियो । अखिल नेपाल फुटबल संघका अनुसार राष्ट्रिय महिला टोलिले सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा तयारी स्वरुप बन्द प्रशिक्षण सुरु गरेको छ । प्रमुख प्रशिक्षक गैरी फिलिप्सको प्रशिक्षणमा रहेको महिला टोलिका ४५ जना खेलाडी प्रशिक्षणमा सहभागी छन् ।