ललितपुरको बाग्मती गाउँपालिका अध्यक्षमा सत्ता गठबन्धनका कांग्रेस विजयी

काठमाण्डौं – ललितपुरको बाग्मती गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसका बीरबहादुर लोप्चन विजयी हुनु भएको छ ।  विजयी लोप्चनले नेपाल कम्युनिष्ट पार्टी (एमाले) का नवराज सञ्जेललाई ८सय ५६ मतले पछि पार्दै विजयी हुनु भएको हो । कांग्रेसका लोप्चनको ४ हजार ९ सय ९ मत प्राप्त गर्नुभयो भने एमालेका सञ्जेलले ४ हजार ५३ मत प्राप्त गर्नुभयो ।  यस्तै उपाध्यक्षमा भने नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का भक्तबहादुर दर्लामी मगर ४ हजार ६ सय ९२ मतसहित विजयी हुनु भएको छ । उहाँका निकटतम प्रतिस्पर्धी एमालेका नमुना ...