बर्दिया–१ : गठबन्धनबाट कांग्रेसका गौतम र एमालेबाट ज्ञवालीबीच प्रतिस्पर्धा

बर्दिया – बर्दियाको प्रतिनिधि सभा क्षेत्र नम्बर १ बाट एमाले र कांग्रेसको कडा प्रतिस्पर्धा हुने देखिएको छ । एमालेका नेता तथा लुम्बीनी प्रदेश सहइन्चार्ज/जिल्ला इन्चार्ज लक्ष्मण ज्ञवाली र कांग्रेसका नेता तथा पूर्व सिँचाइ मन्त्री सञ्जयकुमार गौतम प्रतिस्पर्धामा हुनुहुन्छ । वि.स.२०७४ सालको चुनावमा प्रतिनिधिसभा सदस्यमा वाम गठबन्धनका उम्मेदवार वामदेव गौतमलाई सञ्जयकुमार गौतमले ७ सय ५३ मतान्तरले हराउँदै जित हात पार्नुभएको थियो । यस्तै उहाँले २०७० को चुनावमा पनि जित्नुभएको थियो । अहिले फेरि सञ्जयकुमार उम्मेदवार बन्नुभएको छ । ...