उद्यौलीमा साकेला नाच

उद्यौली पर्वको अवसरमा खोटाङको पर्यटकीयस्थलमा साकेला शिली नाचिएको छ। किराँत समुदायको महान चाड उधौली साकेला यलेदोङको अवसरमा किराँत राई समुदायले आईतबार शुभकामना आदान–प्रदान गर्दै जिल्लाका रुपाकोट, मझुवागढी, तुवाचुङ, भुम्जु लगायतका स्थलमा साकेला नाचेका हुन्।

सम्बन्धित सामग्री

टुँडिखेलमा साकेला नाच (फोटो फिचर)

प्रकृति पुजारी किराती समुदायको दोस्रो महत्त्वपूर्ण चाड उधौलीको अवसरमा साकेला तथा चण्डी नाँच नाँचेको छन्।

देउसी भैलोमा तामाङ सेलो, नेवारी र साकेला नाच

गलकोट ९बागलुङ । बागलुङमा तिहारको अवसरमा देउसी भैलोको रौनकता छ । तिहारमा खेलिने देउसी भैलोका गीत गाउँ–गाउँमा गुन्जिरहेका छन् । बागलुङ बजारका चोक–चोकमा देउसी भैलोका गीत गुन्जिरहेका छन् । पछिल्लो समय देउसी भैलोमा पश्चिमा संस्कृति भित्रिएसँगै देउसी भैलोको मौलिकता हराउँदै गएको गुनासो बढिरहेको छ । रेडर्क गरिएका आधुनिक गीतले देउसी भैलोको मौलिकता र संस्कृति  मासिदै गएको सन्दर्भमा यहाँको एक पुरानो सामुदायिक विद्यालयले सञ्चालन गरेको देउसी भैलो कार्यक्रमले भने नेपालको हिमाल, पहाड र तराईसम्मको संस्कृति झल्काएको छ । बागलुङ बजारस्थित विद्यामन्दिर माध्यमिक विद्यालयले नेपालका जातजाति र भाषा संस्कृतिलाई समेटेर भैलो देखाउन थालेको छ । विपन्न विद्यार्थीलाई कापी, कलम र खाजाको जोहो गर्नका लागि विद्यार्थी कल्याण कोष स्थापना गर्ने उद्देश्यले सञ्चालन गरिएको देउसी भैलो कार्यक्रममा सबै भाषा, धर्म र संस्कृतिलाई समेटिएका नाचगान प्रस्तुत गरिएको छ । देउसी भैलोमा तामाङ सेलो, थारू नाच, नेवारी नाच र साकेला नाचदेखि यानिमाया र सालैजो उनीहरूकै वेशभूषामा सजिएर नितृ देखाउँदै आएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बाबुलाल शाक्यले बताए ।  ‘कला संस्कृतिको संरक्षण र विपन्न विद्यार्थीका लागि शैक्षिक सामग्री र खाजा खर्च जुटाउन कार्यक्रम आयोजना गरेका हौं,’ उनले भने, ‘पहाडको तामाङ संस्कृति, तराईको थारू र पहाडको आदिवासी जनजाति र नेवारी संस्कृतिलाई देउसी भैलोमा देखाउन थालिएको छ ।’  विसं १९९७ मा स्थापना गरिएको धवलागिरिकै जेठो विद्यालय विद्यामन्दिरमा अध्ययनरत गरिब, मजदुर तथा श्रमिकका बालबालिकालाई शिक्षा दिन, असहाय बालबालिकाको कल्याणको लागि स्थायी कोष सञ्चालन गर्न र विद्यालयलाई शैक्षिक हब बनाउन देउसी भैलो कार्यक्रम सञ्चालन गरिएको प्रधानाध्यापक छविरमण शर्माले जानकारी दिए । विद्यालयमा हाल एक हजार तीन सय विद्यार्थी अध्ययनरत छन् ।    नौमती बाजा संरक्षण गर्दै नगरपालिका पछिल्लो समय युवापुस्ताको पलायनका कारण लोप हुने अवस्थामा पुगेको नौमती बाजा बागलुङमा संरक्षण गर्न थालिएको छ । सिगानास्थित लामिचौरको दलित बस्तीमा नौमती बाजा संरक्षणका लागि बागलुङ नगरपालिकाले चासो दिएको हो । नौमती बाजा संरक्षणका लागि सिगानाको नौमती बाजा समूहलाई बाजाका सामग्री सहयोग गरेको छ ।  बागलुङ–८ सिगाना लामीचौरमा रहेको दलित समुदायभित्र रहेको नौमती बाजा संरक्षण गर्नका लागि उक्त बाजा सहयोग गरिएको हो । पुस्ता हस्तान्तरण अभावमा नौमती बाजा लोप हुन थालेपछि बागलुङ नगरपालिकाले नगरस्तरीय रु तीन लाख बजेटमार्फत दुई समूहलाई नौमती बाजा खरिद गरी वितरण गरेको  नगरपालिकाका उपप्रमुख राजु खड्काले बताए ।   बाजा प्राप्त गर्दा संरक्षण र आयआर्जन दुवैमा फाइदा पुग्ने नौमती बाजा वितरण समितिका अध्यक्ष जब्बरबहादुर नेपालीले बताए । उनका अनुसार दलित समुदायभित्र दुई समूहले नौमती बाजा बजाउने गर्दछन् । नौमती बाजा संरक्षण हुन नसक्दा आयआर्जनमा समस्या हुन थालेकाले नगरपालिका संस्थागतरूपमै नौमती बाजा संरक्षणमा जुटेको बागलुङ–८ सिगानाका वडाअध्यक्ष राजु कार्कीले बताए । रासस

टुँडिखेलमा साकेला नाच (तस्वीरहरु)

३० वैशाख, काठमाडौं । काठमाडौंमा बसोबास गर्ने किरात समुदायले शनिबार टुँडिखेलमा साकेला नाचेका छन् । बुद्ध पूर्णिमापछिको दोस्रो शनिबार उनीहरुले परम्परागत जातीय भेषभूषा लगाएर र बाजागाजा सहित साकेला नाचेका हुन् । उभौली पर्वको अवसर पारेर काठमाडौंमा बसोबास गर्ने पूर्वी नेपालका किरात समुदायले साकेला नाचेर आपसमा खुशियाली साटासाट गरेका हुन् । हेर्नुहोस् तस्वीरहरु

प्रदेश १ : भित्र सर्वदलीय बैठक, बाहिर साकेला नाच !

विराटनगर : प्रदेश १ को नामकरणका लागि प्रदेशसभा सचिवालयमा अहिले सर्वदलीय छलफल चलिरहेको छ।  प्रदेशसभा बाहिर किरात राई यायोक्खा भने बाहिर साकेला नाचिरहेका छन्।पहिचानका आधारमा अर्थात् ‘किरात प्रदेश’  नाम राख्न माग गर्दै साकेला नाचेको  किरात राई यायोक्खाकी नगर अध्यक्ष विष्णु राईले बताइन्।सभामुख प्रदीपकुमार भण्डारीले प्रदेशको नामकरणका लागि सहजीकरण गर्न सर्वदलीय बैठक बोलाएका हुन्।बैठकमा संसदमा प्रतिनिधित्व गर्ने दलका प्रतिनिधिहरू सहभागी छन्। यही अधिवेशनमा

किरात प्रदेश माग गर्दै प्रदेशसभा अगाडि साकेला प्रदर्शन

प्रदेश १ प्रदेशसभा अगाडि किरात प्रदेशको माग गर्दै किरात राई यायोख्खाले  साकेला नाच प्रदर्शन गरेका छन् ।प्रदेशसभा सचिवालयमा आज सर्वदलीय बैठक आव्हान गरिएको छ । बैठकमा प्रदेशको नामकरणको विषयमा छलफल भैरहेको छ । उक्त छलफलमा किरात प्रदेश नामकरण गर्न दबाब दिँदै यायोख्खाले प्रदर्शन गर्दै आएका छन् ।

क्याफेमा साकेला, रमितेको भिड

ललितपुर– खुमलटारस्थित सेकुवा भिलेज खचाखच थियो । क्याफेभित्र मात्रै होइन ढोका बाहिर बाटसमेत रमिता हेर्नेको भिड उत्तिकै थिए । यो भीड किरातहरूको संस्कृति जर्गेना गर्न आयोजना गरिएको साकेला नाच्ने र हेर्नेको हो । वैशाख पूर्णिमापछि एक महिनासम्म लगातार नाचिने साकेला नाच पछिल्लो समय अन्यबेला पनि देखिन थालेको छ । साकेला भिलेजका सञ्चालक गणेश राई हरेक वर्ष […]

साकेला नाचमा रमाउँदै किराती (फाेटाे फिचर)

काठमाडाैं : उधौली पर्वमा किराती काठमाडौंको टुँडिखेलमा साकेला नाच नाच्दै।  प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले साकेला नाचको उद्घाटन गरे।

टुँडिखेलमा साकेला नाच (फोटो फिचर)

१७ पुस, काठमाडौं । उधौली पर्व अन्तर्गत काठमाडौंका किरात समुदायले शनिबार टुँडिखेलमा साकेला नाच प्रदर्शन गरेका छन् ।  मार्ग शुक्ल पूर्णिमाको दिनदेखि एक महिनासम्म साकेला नाच प्रदर्शन गर्ने प्रचलन छ । पुस ४ गते मार्ग शुक्ल पूर्णिमाको दिन ललितपुरको सानो हात्तीवन किराँतकालदेखिको ऐतिहासिक धार्मिक तीर्थस्थलमा किरात समुदाय भेला भएर साकेला नाच प्रदर्शन गरेका थिए । […]

कोरोना महामारीपछि पहिलो पटक साकेला नाच

काठमाडौं : कोभिड–१९ महामारीपछि पहिलो पटक किराती समुदायले साकेला नाच नाचेका छन्। आइतबार बिहानै ललितपुरको सानो हात्तिबनस्थित किरात माङहिम (मन्दिर)मा प्रकृतिको पूजा आराधना गरेपछि सुरु भएको हो।काठमाडौं उपत्यकामा रहेका किरातीहरूले त्यहाँ पूजा गरेपछि यतिखेर किरात राई यायोक्खाको आयोजनामा ललितपुरस्थित ढोलाहिटीको खेलमैदानमा साकेला नाच नाचिरहेका छन।नेपालमा कोभिड संक्रमण देखिएपछि भौतिक रुपमा यसरी नाचेका थिएनन् उनीहरू। तर पछिल्लो परिस्थिति सहज बन्दै गएकाले कार्यक्रम आयोजना गरेको यायोक्खाका अध्यक्ष दिव

साम्यवादी दर्शन बोकेको साकेला नाच

किरात समुदाय प्रकृतिपूजामा विश्वास राख्छन् । यसै मान्यताअनूसार वर्षमा दुईचोटि साकेला नाचसहितको सांस्कृतिक पर्व मनाउँछन् । एउटा उधौली, अर्को उभौली । यी दुवै पर्वले ऋतु परिवर्तनको संकेत गर्दछन् । उधौली भन्नाले सारा चराचुरुङ्गी, माछाहरू जाडोले गर्दा उँधो (तलतिर) लाग्ने अनि उभौली भनेको चराहरू, माछाहरू माथि लाग्ने समय भन्ने पनि बुझिन्छ । पूर्खाले ऋतु परिवर्तनको लागि […]