एनभीए राष्ट्रिय भलिबल : गण्डकीलाई हराउँदै आर्मी सेमिफाइनलमा

काठमाण्डौ – गण्डकी प्रदेशलाई सोझो सेटमा हराउँदै विभागीय टोली त्रिभुवन आर्मी क्लब काठमाण्डौमा चलिरहेको साताैँ एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनशिपको महिलातर्फ सेमिफाइनलमा प्रवेश गरेको छ ।  त्रिपुरेश्वरको राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा भएको खेलमा आर्मीले लगातार दुई खेलमा जित निकाल्दै अन्तिम चारमा प्रवेश गरेको हो । आर्मीले गण्डकीमाथि २५–११, २५–१० र २५–१५ को सेटमा जित निकाल्न सफल भएको थियो । यससँगै आर्मीले दुई खेलबाट छ अङ्क जोड्यो । गण्डकीले लगातार दोस्रो हार बेहोरेको छ ...

सम्बन्धित सामग्री

राष्ट्रिय भलिबल : त्रिभुवन आर्मी सेमिफाइनलमा

काठमाण्डाै – साताैँ संस्करणको एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल प्रतियाेगितामा विभागीय टोली त्रिभुवन आर्मी क्लब सेमिफाइनलमा पुगेकाे छ ।  सशस्त्र प्रहरी बल (एपिएफ)लाई पराजित गर्दै सेमिफाइनलमा पुगेको छ ।  त्रिपुरेश्वरकाे राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्ड हलमा आज शुक्रवार भएको खेलमा सशस्त्र प्रहरी बल (एपीएफ) लाई तीन–दुईकाे सेटमा हराउँदै आर्मी सेमिफाइनलमा पुगकाे हाे । याे खेलसँगै प्रतियाेगिताअन्तर्गत महिलातर्फ खेलको सेमिफाइनल समीकरण पूरा भएको छ । खेलमा पहिलो सेट आर्मीले २५-...