अर्घाखाँची । पूर्व विद्यार्थी नेता तथा प्युठान डटकम कम्प्युटर ईन्सिच्युटका प्रोपाइटर बिष्णु शर्माले जन्मदिनको अवसरमा एक बिरामीका परिवारलाई आर्थिक सहयोग गर्नुभएको छ ।
विगत लामो समयदेखि टाउकोको गम्भीर रोगबाट ग्रसित अर्घाखाँचीको भूमिकास्थान–१ पोर्खाखर्क निवासी वीरबहादुर सुनार तथा पुतला सुनारका छोरा शिवबहादुर सुनारलाई शर्माले आर्थिक सहयोग गर्नुभएको हो ।
शनिबार एक कार्यक्रममा शर्माले सुनार परिवारलाई शिवको उपचारका लागि पाँच हजार रूपैयाँ हस्तान्तरण गर्नुभएको थियो ।