समानुपातिकतर्फको बन्द सूची बुझाउँदै कांग्रेस

काठमाडाैँ । नेपाली कांग्रेसको टोली समानुपातिक तर्फको बन्द सूची बुझाउन निर्वाचन आयोग पुगेको छ । कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा नेतृत्वको टोली सूची बुझाउन अहिले निर्वाचन आयोग पुगेको छ । महामन्त्री शर्मासहित कांग्रेसका सहमहामन्त्रीहरू भीष्मराज आङदेम्बे, महालक्ष्मी उपाध्याय ‘डिना’, जीवन परियारलगायत नेताहरू बन्द सूची बुझाउन आयोग पुग्नुभएको कांग्रेस केन्द्रीय कार्यालयका सचिव केशव रिजालले जानकारी दिनुभयो । […]