रुसले युक्रेनमाथि हमला गरे परिणाम गम्भीर हुनेछ : बेलायत

एजेन्सी । बेलायतकी विदेश सचिव लिज ट्रसले रुसलाई युक्रेनमाथि हमला गरे ‘गम्भीर आर्थिक परिणाम’ भोग्ने चेतावनी दिएकी छन् । लिभरपुलमा जी ७ राष्ट्रका विदेशमन्त्रीहरूको बैठकमा एकता प्रदर्शन गर्दै रुसको यो कदम ‘रणनीतिक गलती’ हुने दाबी गरिन् । उनले बेलायत र सहयोगी राष्ट्रहरुले रुसको यसप्रकारको कारवाहीलाई रोक्नुपर्ने जिकिर पनि गरिन् ।रुस र युक्रेनको सीमामा तनाव बढ्दो छ । रुसले सीमामा आफ्ना सैनिकहरूको तैनाथी बढाइरहेको छ । तर, उसले युक्रेनमाथि हमला गर्ने आफ्नो कुनै पनि योजना नरहेको स