काठमाडौं : साफ महिला च्याम्पियनसिप फुटबलको नेपाल र भुटानबीचको उद्घाटन खेलमा पहिलो हाफको सकिँदा नेपाल १-० गोलले अगाडि छ।काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलमा भुटानविरुद्ध पहिलो हाफमा नेपालले १ गोलले अग्रता लिएको हो। १२ औँ मिनेटमा नेपालका लागि सावित्रा भण्डारीले गोल गर्दै नेपाललाई अग्रता दिलाइन्।पानी परिरहे पनि रंगशालामा खेल जारी छ। आजको खेल जित्दै नेपाल सुखद् शुरुवात गर्ने दाउमा छ। साफ च्याम्पियनसिपमा अहिलेसम्म भुटानले नेपाललाई हराउन सकेको छैन।प्रतियोगितामा आयोजक न