सर्वोच्च अदालतको फूलकोर्ट बैठक सम्पन्न, गोलाप्रथाको व्यवस्थासहितको नियामावली पास

काठमाडौं, २ मंसिर । सर्वोच्च अदालतको फूलकोर्ट बैठक सम्पन्न भएको छ । आज प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको अध्यक्षतामा बसेको फूलकोर्ट बैठकले गोलाप्रथाको व्यवस्थासहितको नियामावली पास गरेको छ। न्यायाधीश हरिकृष्ण कार्कीको नेतृत्वमा तयार पारिएको प्रतिवेदनअनुसार गोलाप्रथाको व्यवस्था लागु गर्नेगरि नियामावली पास गरिएको हो । पछिल्लो समय प्रधानन्यायाधीश जबराको राजीनामा माग्दै नेपाल बार एशोसिएशन आन्दोलित थियो । […]