अर्थतन्त्रका बाह्य सूचक सकारात्मक भए पनि पुँजीगत खर्च र राजस्व संकलन नाजुक रहेकाले सरकारी वित्त संकटको अवस्थामा छ । चालु आर्थिक वर्ष सकिन करिब डेढ महिना बाँकी रहँदा लक्ष्यको करिब ५६ प्रतिशत मात्र आम्दानी भएको छ भने पुँजीगत खर्चको अवस्था पनि निराशाजनक छ ।