ओखलढुंगा । ओखलढुंगाको सिद्धिचरण नगरपालिकाको तलुवा क्षेत्रमा खेतीयोग्य जमिन बाँझो हुने क्रम बढेको छ । सुख्खा समस्या बढ्दै गएपछि जमिन बाँझो हुने क्रम बढेको हो । तलुवा क्षेत्रको दूधकोसी गढतिर आसपासमा रहेको जमिनमा उब्जनी हुने क्रम घटेसँगै जमिन बाँझिन थालेको स्थानीय पद्मबहादुर श्रेष्ठले बताउनुभयो । सुख्खा समस्याकै कारण यस क्षेत्रमा रहेका पानीका मुहान समेत सुक्दै […]