कोरोना खोप लगाउन नमान्नेलाई जेल हाल्ने फिलिपिन्सका राष्ट्रपतिको चेतावनी

८ असार, काठमाडौं । फिलिपिन्सका राष्ट्रपति रोड्रियो डुटेर्टेले कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप लिन नमान्ने मानिसलाई जेल हाल्ने चेतावनी दिएका छन् । पछिल्लो समय मुलुकमा डेल्टा भेरियन्टको संक्रमण बढिरहेको समयमा डुटेर्टेले मानिसहरुलाई यस्तो चेतावनी दिएका हुन् । ‘तपाईंले छान्न सक्नुहुन्छ : कि खोप लगाउनुहोस् नत्र म जेल हालिदिन्छु’, सोमबार प्रसारित भिडियोमा उनले भनेका छन् । […]

सम्बन्धित सामग्री

अब कोरोना खोप लगाउन कुनै परिचयपत्र आवश्यक नपर्ने

काठमाडौं, २ फागुन । कोरोना भाइरसविरुद्धको खोप लगाउन परिचय पत्र आवश्यक नपर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । खोप लगाउन बाँकी नागरिकहरुलाई मन्त्रालयले अबदेखि परिचयपत्र आवश्यक नपर्ने गरी यस्तो निर्णय गरेको हो । देशमा धेरै नागरिकहरुले परिचयपत्रको अभावमा खोपबाट बञ्चित भएको गुनासो आएपछि आइडी कार्ड आवश्यक नपर्ने मन्त्रीस्तरीय बैठकले यस्तो निर्णय गरेको जनाएको छ […]

कोरोना खोप लगाउन मान्दैनन् चेपाङ

चितवन– कोरोनाको तेस्रो लहर सुरु हुँदासमेत अल्पसङ्ख्यक समुदायका रुपमा रहेको चेपाङ समुदाय खोप लगाउन मान्दैनन् । जिल्लामा बसोबास गर्ने चेपाङ समुदायले खासै कोभिड खोपमा चासो नदिने गरेको पाइएको छ । जिल्लाका सात पालिकामध्ये छ पालिकामा चेपाङ्ग समुदायको बसोबास छ । जिल्लाको इच्छाकामना गाउँपालिका तथा कालिका, राप्ती, खैरहनी, माडी नगरपालिका र भरतपुर महानगरपालिकामा चेपाङको बसोबास रहेको […]

के कोरोना खोप लगाउन नपाएका विद्यार्थीहरु परीक्षामा सामेल हुन पाउँछन्?

स्वास्थ्य मन्त्रालयले उमेर नपुगेर, कुनै स्वास्थ्य समस्या भएर वा अन्य कारणले खोप लगाउन नपाउने विद्यार्थीहरुले पनि कुनै बाधा बिना परीक्षा दिन पाउने स्पष्ट पारेको छ।

विदेश जानेहरुको लागि कोरोना खोप लगाउन तोकिए दुई अस्पताल

काठमाण्डौ – विदेश जाने श्रमिक वा विद्यार्थीहरुको लागि कोरोना विरुद्धकाे खोप लगाउन दुई वटा अस्पताल तोकिएका छन् । अब विदेश जानेहरुले काठमाण्डौमा रहेको नेपाल प्रहरी अस्पताल र सैनिक अस्पतालमा गएर खोप लगाउन सकिने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । खोप लगाउन जाँदा पासपोर्ट र भिसा अनिवार्य साथमा लिएर जानुपर्नेछ । पछिल्लो समय देशव्यापी खोप अभियान रोकिएकाले विदेश जानेहरुकै लागि भनेर मन्त्रालयले यी दुई अस्पताल तोकेको हो । खोप अभियान चलेको बेला आफू नजिक रहेका खोप केन्द्रमा गएर खोप लगाउन सकिन्थ्यो ।

गर्भवती महिलाहरुलाई पनि कोरोना खोप लगाउन माग

नेपाल प्रसूति तथा स्त्रीरोग विशेषज्ञ समाज नेपाल (नेसोग)ले गर्भवती र स्तनपान गराइरहेका महिलाहरुलाई पनि तत्काल कोरोना खोप लगाउन सरकारसँग माग गरेको छ । नेपालमा पछिल्लो समय गर्भवती महिलाहरूमा समेत यस संक्रमणले गम्भीर रुप देखाइरहेको दाबी गर्दै नेसोगले तत्काल कोरोना खोप लगाउन माग गरेको हो ।शनिबार नेसोगका अध्यक्ष प्रा.डा.गणेश दंगालले एक विज्ञप्ति जारी गरी हालसम्मको अध्ययनअनुसार कोरोना खोपले गर्भमा रहेका शिशुहरूलाई कुनै असर नगर्ने देखिएकोले गर्भवती महिलाहरुलाई खोपको प्रबन्ध गर्न आग्रह गरेका छन् ।वि

भारतमा गर्भवतीलाई कोरोना खोप लगाउन अनुमति

कोरोना खोपबारे गठित भारतको राष्ट्रिय सल्लाहकार कमिटीले गर्भवतीलाई खोप लगाउन सकिने सिफारिस गरेपछि यहाँको स्वास्थ्य मन्त्रालयले पनि अनुमति दिएको हो।

मनाङमा बुधबारदेखि कोरोना खोप सुरू

मनाङ। मनाङमा बुधबारदेखि कोरोना खोप लगाउन सुरु गरिएको प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले जानकारी गराए। उनका अनुसार जिल्लामा सात सय ७९ डोज कोरोना खोप आयात भएको छ। जसमध्ये ७९ डोज भेरोसेल खोप हो। जिल्लाको माथिल्लो मनाङ र चामेमा बुधबार खोप लगाईएको हो।

जुलाईबाट कोरियामा विदेशीलाई निःशुल्क कोरोना खोप

दक्षिण कोरियामा बसोबासरत विदेशी नागरिकले पनि आउँदो जुलाई पहिलो साताबाट सरकारले निशुल्क उपलब्ध गराएको एस्टाजेनेका कोरोना खोप लगाउन पाउने भएका छन्।कोरियामा ९० दिनभन्दाबढि बसोबास गरेको जुनसुकै आप्रवासीले खोप लगाउन पाउने छन्।मेडिकल स्टाप, कोरोनाका विमारी र सत्तरी वर्षभन्दा माथिका वृद्धवृद्धाहरूलाई मे अन्तिमसम्म कोरोना खोप दिइसकिने बताइएको छ। जुनबाट ६० वर्षमाथिका मानिसहरूलाई लगाइने छ।जुलाई पहिलो साताबाट १८ […]

कुटनीतिक नियोगका कर्मचारीका लागि कोभिड खोप लगाउन चार दिन समय थपियो

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले  पहिलो चरणमा परेर पनि कोरोना खोप लगाउन छुटेका कुटनीतिक नियोगहरुका कर्मचारीका लागि चार दिन  समय थप गरेको छ।

लुम्बिनी प्रदेशमा पनि कोरोना खोप लगाउन सुरू

देशका सबै प्रदेशजस्तै लुम्बिनी प्रदेशमा पनि बुधबारदेखि कोरोना भाइरसविरूद्धको खोप लगाउन सुरू गरिएको छ।