जनता समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुर पार्टीभित्र मन्त्री नाम टुङ्गो लगाउन छलफलमा जुटेका छन् । आज बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग भएको छलफलमा सरकारमा जाने सहमति भएसँगै जसपा (ठाकुर पक्ष) का नेताहरु मन्त्री छान्न सक्रिय भएका हुन् । आठजना मन्त्री र दुईजना राज्यमन्त्री पाउने पक्का भएपछि मन्त्रीको नाम चयन गर्न छलफलमा जुटेको अध्यक्ष ठाकुर निकट एक नेताले बताए ।सरकारमा जाने तय भएसँगै जसपा नेपालमा मन्त्रीका आकांक्षी बढेको छ । जसले नाम चयन गर्न सकस भएको छ । पार्टीका शीर्ष