त्रिविमा ठेक्का र करारका कर्मचारीको भर, १० महिनादेखि सेवा आयोग रिक्त

२१ जेठ, काठमाडौं। १० महिनादेखि सेवा आयोग नेतृत्वविहीन हुँदा त्रिभुवन विश्वविद्यालयमा अध्यापक र कर्मचारी अभाव हुन थालेको छ । १८ साउनमा लालु यादवको पदावधि सकिएपछि त्रिवि सेवा आयोग नेतृत्वविहीन छ। त्यही कारण कर्मचारी र अध्यापक पदपूर्तिका लागि विज्ञापन आह्वान हुन सकेको छैन । त्रिविले आवश्यक जनशक्ति ठेक्का र सेवा करारमा लिएर काम चलाइरहेको छ । […]