कमाण्ड सेनापति ट्रफी फुटबल प्रतियोगिता सुरु, भैरवप्रसाद गण विजयी

नेपालगञ्ज – नेपाली सेनाको भैरवप्रसाद गण, नेपालगञ्जमा कमाण्ड सेनापति ट्रफी फुटबल प्रतियोगिता सुरु भएको छ । पश्चिम कमाण्डअन्तर्गतका चारवटा बाहिनी अड्डाका आठवटा युनिटले प्रतियोगितामा भाग लिएका छन् । उद्घाटन खेलमा भैरवप्रसाद गण, नेपालगञ्जले जुम्लाको नन्दबक्स गणलाई ३–१ गोलले पराजित गरेको छ । खेल सुरु भएको एक मिनेटमै नन्दबक्स गणले श्यामबहादुर विष्टको गोलमा अग्रता लिएको थियो […]