बागमती प्रदेशसभाको हिउँदे अधिवेशन अन्त्य गर्न सिफारिस

बागमती प्रदेशसभाको हिउँदे अधिवेशन अन्त्य गर्ने निर्णय भएको छ । बागमती प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू अधिवेशन अन्त्य गर्ने निर्णय गरेको हो । प्रदेशसभाको चालू नवौं अधिवेशन बुधबार राति १२ बजेदेखि अन्त्यका लागि प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने निर्णय भएको बागमती प्रदेशका स्वास्थ्य मन्त्री निमा लामाले बताए ।सरकारले बजेट निर्माणका लागि वर्षे अधिवेशन बोलाउन पर्ने भएकाले आज नै हिउँदे अधिवेशन अन्त्य गर्ने निर्णय गरेको हो । सरकारले बजेट निर्माणको काम तिव्र रुपमा गरिर