प्रतिनिधि सभाको बैठक पुनः स्थगित

काठमाडौँः प्रतिनिधि सभाको बैठक पुनः स्थगित गरिएको छ। आइतबार (माघ १६) गतेका लागि बोलाइएको बैठक माघ २६ गतेसम्म स्थगित गरिएको हो। सम्भावित कार्यसूची समेत तय भइसकेपछि बैठक स्थगित गरिएको हो।  कोभिड संक्रमणको जोखिम यथावत रहेकाले बैठक सारिएको संसद् सचिवालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।