राष्ट्रिय योजना आयोगका उपाध्यक्ष र सदस्यहरुद्वारा सपथग्रहण

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष र सदस्यहरुले सथप ग्रहण गरेका छन् । बिहीबार सिंहदरबारमा प्रधानमन्त्री शेरबहादुर देउवाले उपाध्यक्ष र सदस्यहरुलाई पद तथा गोनियताको सपथ गराएका हुन् ।   ...

सम्बन्धित सामग्री

सामाजिक क्षेत्रमा नेपालले प्रगति गरेको छ : उपाध्यक्ष श्रेष्ठ

काठमाडाैं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मिनबहादुर श्रेष्ठले दिगो विकासका लक्ष्यहरु हासिल गर्न सरकार कटिवद्ध भएर लागेको बताउनुभएको छ । राष्ट्रिय योजना आयोग र संयुक्त राष्ट्रसंघको आयोजनामा काठमाडौंमा भएको कार्यशालामा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा.श्रेष्ठले दिगो विकासका लक्ष्य हासिल गर्न सरकारले कटिवद्ध भएर काम गरिरहेको बताउनुभएको हो । उहाँले दिगो विकासका लक्ष्य हासिल गर्न […]

१० बुँदे लुम्बिनी घोषणापत्र जारी गर्दै दुई दिने योजना सम्मेलन सम्पन्न

लुम्बिनी प्रदेश योजना आयोगद्वारा आयोजित योजना सम्मेलन २०७८ बुटवलमा सम्पन्न भएको छ । राष्ट्रिय योजना आयोग सहित सातवटै प्रदेश योजना आयोगका पदाधिकारीहरूको सहभागिता रहेको दुई दिने योजना सम्मेलन १० बुँदे लुम्बिनी घोषणा पत्र जारी गर्दै सम्पन्न भएको हो ।  दुई दिने योजना सम्मेलनमा प्रादेशिक योजना तथा बजेट तर्जुमा,सम्भाव्य महत्वपूर्ण बिषयमा छलफल भएको प्रदेश योजना आयोगका उपाध्यक्ष वामदेव क्षत्रीले बताए ।सम्मेलनले राष्ट्रिय योजना आयोग र सातवटै प्रदेश योजना आयोग बीचको समन्वयलाई प्रभावकारी रुपमा स्थापित

२७ ओटा परियोजनाको कुल लागत ३ अर्ब २७ करोड डलर पुग्यो

काठमाडौं । विश्व बैंकको सहयोगमा सञ्चालित २७ ओटा परियोजनाहरूको प्रगति समीक्षा गरिएको छ । सरकार र विश्व बैंकका प्रतिनिधिहरू सम्मिलित बैठकले आयोजनाहरूको वार्षिक प्रगति (एनुअल रिभ्यु अफ पोर्टफोलियो पर्फमेन्स) बारे गरेको समीक्षाअनुसार यी परियोजनाहरूको कुल लागत ३ अर्ब २७ करोड अमेरिकी डलर पुगेको छ । विश्व बैंकका अनुसार अहिले सञ्चालित परियोजनाहरू खासगरी ऊर्जा, यातायात, पुनर्निर्माण, शिक्षा, स्वास्थ्य, सामाजिक सुरक्षा, वातावरण, शहरी विकास, खानेपानी र सिँचाइ, कृषि र पशुपालन तथा सार्वजनिक वित्त व्यवस्थापनका क्षेत्रमा केन्द्रित छन् । समीक्षा बैठकमा खासगरी विश्व बैंक सहयोगका परियोजना कार्यान्वयन गरिरहेका मन्त्रालयहरूबाट समस्या समाधान हुन नसकेका विषयहरूमा चर्चा गरिएको छ भने परियोजना कार्यान्वयनमा कोभिड–१९ को प्रभावका सम्बन्धमा पनि बैठकमा छलफल भएको छ । परियोजना कार्यान्वयनका चुनौतीहरू स्थानीय र प्रदेश तहमा परियोजना व्यवस्थापन, कर्मचारीहरूको बारम्बार सरुवा, ठेक्का प्रक्रियामा ढिलाइ, जलवायु तथा वातावरणीय र स्थानीय समाजका सुरक्षाका विषयहरू र भुक्तानी प्रक्रियामा ढिलाइका सम्बन्धमा छलफल भएको छ । अर्थसचिव मधुकुमार मरासिनीको अध्यक्षतामा बसेको बैठकमा विश्व बैंकका मालदिभ्स, नेपाल तथा श्रीलंका निर्देशक फरिस हदाद जेर्भाेस, अर्थमन्त्री जनार्दन शर्मा र राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. विश्वनाथ पौडेल सहभागी थिए । सरकारी आयोजनाहरूप्रति आम सर्वसाधारणको दृष्टिकोणबारे चर्चा गर्दै मन्त्री शर्माले परियोजनाहरू समयमा गुणस्तरीय ढंगले सम्पन्न गर्नुपर्नेमा जोड दिए । नागरिक सहभागिता बढाउँदै परियोजनालाई वैज्ञानिक र आधुनिक परियोजना विकासका औजारहरूको प्रयोगमार्पmत सम्पन्न गर्न उनले सुझाव दिएका थिए । उनले निरन्तरको सहयोगका लागि विश्व बैंकलाई धन्यवाद पनि दिएका थिए । अर्थ सचिव मधुकुमार मरासिनीले संयुक्त ढंगले उचित समन्वयमार्फत कार्यान्वयनका समस्या समाधान गर्न आग्रह गरे । परियोजनाको वार्षिक समीक्षा, कार्यान्वयनका चुनौती र यसलाई संयुक्त रूपमा सम्बोधन गर्ने उपायहरूमा केन्द्रित भएको थियो । कोभिड–१९ महामारी हुँदाहुँदै आयोजनाहरूमा भौतिक प्रगति गर्न सरकारका तर्फबाट अधिकतम प्रयासको अपेक्षा दातृ निकायले राखेको विश्व बैंकका नेपाल निर्देशक जार्भाेसको भनाइ छ । उनका अनुसार योजना कार्यान्वयनका चरणमा देखिएका समस्या पहिचान गर्न र समाधान गर्नका महामारीले पर्याप्त समय पनि दिएको छ । केही महत्त्वपूर्ण नीतिगत विषयको पुनरवलोकन र कार्यान्वयनका बाधा फुकाउन सरकारी पक्षले भूमिका खेल्नुपर्छ । ‘कोभिड–१९ महामारीले नेपालमा विकास निर्माणका काम प्रभावित भएका छन्, यद्यपि हामी महामारी हुँदैहुँदै पनि परियोजना कार्यान्वयनलाई सशक्तीकरण गर्ने सरकारको दृढताबाट उत्साही भएका छौं,’ विश्व बैंकका राष्ट्रिय निर्देशक जर्भाेसले भने, ‘महामारीले परियोजना कार्यान्वयन र पूँजीगत खर्च वृद्धिको नयाँ पहलका खोज्न बाध्य पारेको छ, समयमा परियोजना कार्यान्वयनमार्फत आम नेपालीलाई लाभ पुर्‍याउन सकिन्छ ।’ विश्व बैंक सहयोगको प्रगति समीक्षा बैंठकमा विभिन्न मन्त्रालयका सचिव, सहसचिव, महानिर्देशकहरू, राष्ट्रिय योजना आयोग, महालेखा नियन्त्रक र विश्व बैंकका तर्पmबाट सम्बद्ध परियोजनाका प्रतिनिधि टोली सहभागी थिए ।