बुटवलमा अन्तर्राष्ट्रियस्तरको सेवासुविधासहित ड्रिम इन्टरनेशनल होटल प्रा.लि. सञ्चालनमा आएको छ ।
बुटवल मिलनचोकमा ५० करोड लगानीमा यस क्षेत्रमै पहिलो बुटिक होटेलका रुपमा ड्रिम इन्टरनेसनल होटल सञ्चालनमा आएको हो ।
करीब ५ कठ्ठा आफ्नै स्वामित्वको जग्गामा नेपालीपन झल्किने गरी बनेको यो तीन तारेस्तरको होटल हो । आइतवार होटलको शुभारम्भ गरिएको छ ।
सोही अवसरमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा होटलका अध्यक्ष गोपाल रानाले होटलको औपचारिक रुपमा शुभारम्भ भएको र सेवा विस्तारको काम पनि जारी राखिएको जानकारी दिए ।&nb...