महेन्द्रनगर बजारबाट आज प्रहरीले छ क्विन्टल ६१ किलो पुराना घण्टी बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालयको टोलीले महेन्द्रनगर बजारस्थित गल्ली नं १ मा रहेको ठकुराठी ब्रदर्शको गोदाममा छापा मार्दा मन्दिरबाट चोरेर बिक्रीका लागि ल्याइएका उक्त परिणामको घण्टी बरामद गरेको हो । गोदाम महेन्द्रनगरका प्रतिष्ठित व्यापारी पदम ठकुराठीको हो ।प्रहरीले छापा मार्न लाग्दा गोदाम बैंकले भाडामा लिएको भन्दै खोल्न आनाकानी गरेका घण्टी टल्काउने दुई मजदुरका साथै घण्टी टल्काउने प्रयोग गरिने उपकरण पनि नियन्त्रणमा ल