अस्ट्रेलियासँगको आर्थिक वार्ता चीनद्वारा ‘अनिश्चितकालका लागि रद्द’

एजेन्सी। चीन-अस्ट्रेलियाको जारी तनावबीच चीनले अस्ट्रेलियासँगको महत्त्वपूर्ण आर्थिक वार्ता ‘अनिश्चितकालका लागि रद्द’ गरेको छ। बिहीबार चिनियाँ सरकारी निकायद्वारा जारी विज्ञप्तिमा अस्ट्रेलियाले ‘शीतयुद्ध मानसिकता’ राखेको आरोप लगाइएको छ। अस्ट्रेलियाले कोरोनाभाइरसको उद्भवबारे चीनमा अनुसन्धान गर्नुपर्ने र चिनियाँ कम्पनी हुवाएइलाई ५ जी नेटवर्क स्थापना गर्न नदिएयता दुवै देशको सम्बन्ध बिग्रिएको हो।