पूर्वमन्त्री शेरबहादुर तामाङले दुरुपयाेग गरे मेलम्ची खानेपानीकाे गाडी, साढे सात लाखकाे मर्मत बिल मेलम्चीमा

सिन्धुपाल्चोक,२ चैत : पूर्वमन्त्रीसमेत रहेका एमाले सांसद शेरबहादुर तामाङले मेलम्ची खानेपानी आयोजना (विकास समिति) को गाडी अनधिकृत रुपमा प्रयोग गरेकाे पाइएकाे छ । सांसद तामाङले एक वर्ष चढेकाे बा १ झ ८७६८ नम्बरको हाइलक्स जापानीज गाडी मेलम्ची खानेपानी आयोजनाको हो । उनले पहुँचकै भरमा राज्यको सम्पत्ति एक वर्षसम्म निजी र पार्टीको काममा प्रयोग गरेकाे पाइएकाे […]

सम्बन्धित सामग्री

मेलम्ची खानेपानी : वर्षात सकिएपछि मर्मत, कात्तिकदेखि पठाउने तयारी

काठमाडौं : खानेपानी मन्त्रालयले कात्तिक महिनादेखि मेलम्ची खानेपानी काठमाडौं उपत्यकामा आउने जनाएको छ। मन्त्रालयकी प्रवक्ता मीना श्रेष्ठले बाढीले पुगेको क्षति मर्मतपछि पानी ल्याइने जानकारी दिइन्।उनले भनिन्, ‘हाम्रो त वर्षात सकिएपछि उपत्यकामा पानी पठाउने लक्ष्य थियो तर पहिला जस्तै बाढीले आयोजनामा क्षति पुग्यो। अब मर्मत गरेर उपत्यकामा पानी पठाउन डेढ महिना लाग्छ भन्ने जानकारी आएको छ।’ उनका अनुसार आगामी असोजसम्ममा क्षति पुगेको मर्मत गरिसक्ने र कात्तिकदेखि पठाउने गरी काम गरिनेछ। उनले क्षति

मेलम्ची खानेपानी वितरण ५ जेठदेखि दुई साता बन्द हुँदै

मेलम्ची खानेपानी वितरण यही ५ जेठदेखि बन्द हुने भएको छ । मर्मतका लागि सोमबारदेखि दुई साता बन्द गर्ने भनिए पनि सरोकारवालाहरूको सुझावअनुसार ५ जेठपछि मात्रै मर्मत सुरु गरिन लागेको मेलम्ची खानेपानी...

काठमाण्डौमा फेरि मेलम्ची खानेपानी आयोजनाको पानी वितरण सुरु

काठमाण्डाै - काठमाण्डौमा मेलम्ची खानेपानी आयोजनाको पानी वितरण आजदेखि फेरि सुरु भएको छ । खानेपानी तथा सरसफाइ मन्त्री उमाकान्त चौधरी बिहान नयाँ बानेश्वरबाट पानी वितरणको शुभारम्भ गर्नुभयो । वर्षायाममा बाढीले पुर्याएको क्षतिपछि मर्मत गरेर आजदेखि फेरि मेलम्चीको पानी काठमाण्डौको धारामा वितरण सुरु गरिएको हो । गएको चैत २९ गते मेलम्ची खानेपानी आयोजनाको मुहानमा रहेको सुरुङबाट पानी सुन्दरीजल आइपुगेको थियो । आयोजनाको पहिलो चरणमा मेलम्ची नदीबाट दैनिक १७ करोड लिटर खानेपानी काठमाण्डौ उपत्यकामा वितरणका लागि २६ किलोमि...

मेलम्ची खानेपानी आयोजनाको सुरुङ परीक्षण गर्न पानी पठाइयो, मर्मत अन्तिम चरणमा

काठमाण्डाै – बाढीपहिरोले क्षति पुर्‍याएको मेलम्ची खानेपानी आयोजनाको मर्मत अन्तिम चरणमा पुगेको छ । मुख्य संरचनाको मर्मत र सफाइ  अन्तिम  चरणमा  पुगेसँगै सुरुङ परीक्षणका  लागि  पानी  पठाउन  सुरु  गरिएको  आयोजनाले जनाएको छ । खानेपानीमन्त्री उमाकान्त चौधरीले हिजो मेलम्चीको  मुख्य  प्रवेशमा  क्षमापूजा  गरेपछि  परीक्षणका लागि पानी पठाइएको मेलम्ची  खानेपानी  विकास  समितिका  सिनियर  डिभिजन  इन्जिनियर &nbs...

मेलम्ची खानेपानी : बाढीमा पुरिएका संरचनाबाट लेदो हटाउन शुरु

काठमाडौं : बाढीमा पुरिएका मेलम्ची खानेपानी आयोजनाका विभिन्न संरचनाबाट गेग्य्रान हटाएर सफा गर्न थालिएको छ।चिनियाँ निर्माण कम्पनी सिनो हाइड्रो प्रालिले गएको बर्खामा पुरिएका संरचनाबाट गेग्य्रान हटाएर सफा गर्न लागेको हो। वर्षामा बाढी र पहिरोले पुरिएका आयोजनाका संरचना सफाइ र मर्मत गरेर पुनः काठमाडौँ उपत्यकामा खानेपानी ल्याउने तयारी भइरहेको मेलम्ची खानेपानी विकास समितिले जनाएको छ।आयोजनाका सूचना अधिकारी राजेन्द्रप्रसाद पन्तले गत शुक्रबारदेखि दुई चरणमा काम भइरहेको बताए।केही दिनभित्रै काम&

मेलम्ची खानेपानी आयोजनामा गेग्य्रान हटाउन सुरु

काठमाडौँ- मेलम्ची खानेपानी आयोजनाका विभिन्न संरचनामा रहेका गेग्य्रान हटाएर पुरिएका संरचना निकाल्न थालिएको छ। आयोजनामा चिनियाँ निर्माण कम्पनी सिनो हाइड्रो प्रालिले गएको वर्षामा पुरिएका संरचना खुलाउन लागेको हो। वर्षामा बाढी र पहिराका कारण पुरिएर रहेका संरचना खुलाएर मर्मत गरेर पुनः काठमाडौँ उपत्यकामा खानेपानी ल्याउन तयारीको काम भइरहेको मेलम्ची खानेपानी विकास समितिले जनाएको छ। गत शुक्रबारदेखि […]

मेलम्ची खानेपानी मर्मत गर्न ३६ करोड विनियोजन, तत्काल काम थाल्न निर्देशन

काठमाडौं : सरकारले क्षतिग्रस्त मेलम्ची खानेपानी आयोजना मर्मत गर्न ३६ करोड बजेट विनियोजन गरेको छ।क्षतिग्रस्त आयोजना मर्मतका लागि तत्काल अर्थ मन्त्रालयबाट ३६ करोड निकासा गरेको खानेपानी मन्त्रालयका प्रवक्ता ज्ञानप्रसाद ढकालले जानकारी दिए।  उनका अनुसार तत्काल पानी ल्याउन यति बजेट निकासा गरेको हो।‘आवश्यक परे थप बजेट निकासा गर्ने पनि मन्त्रालयसँग सहमति भएको छ’, उनले भने, ‘अहिलेलाई ३६ करोड रुपैयाँ मात्रै छुट्याइएको छ।’गत असार र साउन महिनामा मेलम्ची र इन्द्राव

मेलम्ची खानेपानी आयोजना पुर्निर्माण अनिश्चित

मेलम्ची खानेपानी आयोजनाको पुनर्निर्माण अनिश्चित बनेको छ । बाढीपहिरोले क्षति पुगेको ४ महिना बितिसक्दा समेत आयोजनाको क्षतिको यकीन हुन सकेको छैन । यसले आयोजना निर्माणमा अन्योल बढाउँदै लगेको छ । कात्तिक महिनासम्म पनि वर्षा भइरहेकाले मेलम्ची बजारबाट अम्बाथानसम्मको सडक र पुलमा थप क्षति भएको मेलम्ची खानेपानी विकास समितिले बताएको छ । आयोजनाले केही समय पहिले नै मर्मत शुरू गर्ने योजना बनाए पनि वर्षाका कारण ढिलाइ भइरहेको समितिका सूचना अधिकारी राजेन्द्रप्रसाद पन्तले जानकारी दिएका छन् । आर्थिक अभियानमा खबर छ ।

अझै पुनः निर्माण सुरुआत हुन सकेन मेलम्ची खानेपानी बाँधस्थलको

पहिराका कारण क्षतिग्रस्त बनेको मेलम्ची खानेपानी आयोजनाको पानी पुनःकाठमाडौँ उपत्यकामा कहिले आउँछ भन्नेमा अन्योल कायमै छ । राष्ट्रिय गौरवको सो आयोजनामा आयोजनास्थल माथिबाट आएको पहिराको क्षतिग्रस्त संरचनाको मर्मत अझै सुरुआत हुन सकेको छैन । यही कात्तिक महिनासम्म वर्षा भइरहेकाले मेलम्ची बजारबाट अम्बाथानसम्मको सडक र पुल थप क्षति भइरहेको मेलम्ची खानेपानी विकास समितिले जनाएको छ । …

मेलम्ची खानेपानी मर्मत गर्न एक वर्ष लाग्ने

मनसुन सुरु भएको एक साता नपुग्दै गत असार १ गते मेलम्ची खोलामा आएको बाढीले मेलम्ची खानेपानी आयोजनामा करिव २ अर्बको क्षति पुगेको छ ।मेलम्ची खानेपानी आयोजनाको स्थायी बाँधमा क्षति हुँदा आयोजनासम्म पुग्ने ८ किलोमिटर सडक भत्किँदा, ३ वटा हेर्डवस्क नजिकमा पुल, २ प्रवेशमार्गका पुल भत्किँदा, ढुङ्गा गिट्टी माटो तथा बालुवाले हेर्डवक्स नै पुरिएको र त्यसलाई […]