राष्ट्रकविको खाना र दीर्घ जीवन

खाना जीवनको आधार हो। खाना सन्तुलित र ठीक मात्रामा खानुपर्छ भन्ने बुवाको भनाइ थियो। समय र कामले भ्याएसम्म बुवा हामी परिवारसँगै बसेर खाने गर्नुहुन्थ्यो। उहाँ भन्नुहुन्थ्यो, ‘पच्ने गरी खानका लागि चपाएर बिस्तारै खानुपर्छ, आत्तिएर नखाओ है।’...

सम्बन्धित सामग्री

नेवारी मौलिक, लोक र दुर्लभ परिकार च्वःहि कसरी बन्छ ?

सुक्ष्म खाना दीर्घ जीवन अर्थात् किस्ता–किस्ताको खाना नै स्वास्थ्यवद्र्धक मानिन्छ । नेवारी पाककलाको आफ्नै पहिचान छ । नेवारी पकवानको इतिहास पनि पुरानो छ । नेवारहरू खानाका निकै सौखिन पनि हुन्छन् । सयौं नेवारी परिकारमध्ये च्वःहि पनि एक दुर्लभ खानामा पर्छ र स्वास्थ्यका हिसाबले पनि राम्रो मानिएको छ । च्वःहि राँगाको रगतमा मिसिएको सेतो रगतलाई हाडेमासीमा मिसाएर पकाउने लोकप्रिय परिकार हो । यो परिकार बच्चादेखि बूढापाकालाई निकै मन पर्छ । च्वःहि बनाउन चाहिने सामग्रीः राँगाको रक्तको सेतोभाग (स्वेत रक्त) १ लिटर, तोरीको ते...

इन्टरमिटेन्ट फास्टिङ’ फाइदा कि बेफाइदा

आजभोलि युवादेखि पाका मानिसमा ‘इन्टरमिटेन्ट फास्टिङ’ (पेट खाली राखी खाना खाने समयतालिका मिलाउने) प्रचलन बढेको छ । यसो गर्दा शरीरको तौल सन्तुलनमा राख्न, शरीरमा हुने रासायनिक प्रतिक्रिया सन्तुलनमा राख्न, निरोगी हुन र अन्ततः दीर्घ जीवन प्राप्त गने सकिने विश्वास गरिन्छ । हाम्रा पुर्खाले विभिन्न समयमा फरक–फरक प्रकृतिका फास्टिङ (व्रत) गर्दै आएकै हुन् । यसका पछाडि कहीँ कतै खाद्य अभाव पनि कारण थियो होला तर अधिकांश व्रतहरू धार्मिकतासँग जोडेर मनाएको पाइन्छ । धार्मिकतासँग जोड्नु तत्कालीन समाजको संरचनाका कारण बढी प्रभावकारी हुने ठानेर गरिएको पनि हुन सक्छ तर यसको मूल आसय भने स्वास्थ्यसँग गाँसिएको हुन सक्ने सम्भावनालाई नकार्न सकिन्न । वर्षमा खास खास दिनमा गरिने व्रतका अलावा साप्ताहिक र पाक्षिक रूपमा (जस्तै ः एकादशी, पूर्णिमा, औँशीमा) व्रत बस्ने परम्पराकै आधुनिक रूप हुन सक्छ– इन्टरमिटेन्ट फास्टिङ । हाम्रो नयाँ पुस्ताले त्यसको पछाडिको विज्ञानको खोजी गरेन बरु पश्चिमा देशहरूले सुझाएको कुरालाई खुबै छिटो नक्कल गर्न उद्यत भयो । सहर–बजारतिर अहिले धेरै बेर भोकै बस्नुपर्ने बाध्यता छ्रैन, खल्तीमा पैसा छ भने रोजीरोजी खान पाइन्छ । यतिसम्म कि अहिले साधारण मध्यम तथा न्यून आय भएका मानिसले समेत बजारमा गएर रोजीरोजी संसारभरका पकवानहरूको स्वाद पाउन सक्छ । यस्तो सुविधा केही शताब्दी अघिसम्म ठूला राजा–महाराजाहरूलाई समेत सहज थिएन । जनसाधारणलाई हामीले खाद्यान्नमा धेरै सुरक्षा प्रत्याभूत गरिसक्यौँ । कहीँ त्यो उपलब्धिले अहिले मोटोपना र दीर्घरोगका रूपमा प्रतिघात गरेको त होइन ? पराम्परागत ग्रामीण समाजमा खाद्य सुरक्षा भएका मानिसले पनि तुरुन्तै खान मिल्ने (फास्टफुड) खानाको सहज उपलब्धता थिएन । अधिकांश मानिस दिनभरि शारीरिक श्रम गर्थे र धेरैबेर भोकै रहेपछि मात्र खाना (स्लोफुड) बनाएर खानुपर्ने हुन्थ्यो