काठमाण्डाै – हप्ताको पहिलो दिन शेयर बजार परिसूचक नेप्से झन्डै ३० अङ्कले घटेको छ । आज आइतवार नेप्से २९ दशमलव ८१ अङ्कले घटेर एक हजार नाै सय ६० दशमलव ७८ विन्दुमा झरेको छ ।
आज सबै समूहको शेयर घटेर बजार राताम्मे हुँदा होटल, पर्यटन, जलविद्युत्, बीमा लगायतका समूहको शेयर उच्च अङ्कले ओरालाे लागेकाे छ ।
आज लिबर्टी इनर्जी र सिटी होटलको शेयर १० प्रतिशतले घटेको छ । समग्रमा बजार घटे पनि थ्रीस्टार हाइड्रोपावरको शेयर १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।
बजार घटे पनि कारोबार रकममा भने सुधार आएको छ ।...