टोकियोमा ओलम्पिक अगाडि आपत्काल घोषणा

बीबीसी। जापान सरकारले कोरोना संक्रमण रोक्न टोकियो ओलम्पिक सुरु हुनुअघि टोकियोमा आपत्काल लगाउने घोषणा गरेको छ। आपत्काल ओलम्पिक खेल अवधिभर लगाइनेछ। ओलम्पिक जुलाई २३ देखि अगष्ट ८ सम्म सञ्चालन हुनेछ। पछिल्ला दिन जापानमा कोरोना संक्रमण बढ्दै गएको छ। आपत्काल अगष्ट २६ सम्मका लागि घोषणा गरिएको छ। ओलम्पिकका कारण कोरोना संक्रमण झन् बढ्ने भन्दै जापानमा टोकियो ओलम्पिकको पनि विरोध भइरहेको छ।