राष्ट्रिय वाणिज्य बैंकको आवेदन फाराम शुल्क खल्तीबाट तिर्न सकिने

राष्ट्रिय वाणिज्य बैंकले विभिन्न पदका लागि माग गरेकाे पदपूर्ति आवेदनकाे परिक्षा शुल्क ‘खल्ती डिजिटल वालेट’ बाट भुक्तानी गर्न सकिने भएकाे छ । राष्ट्रिय वाणिज्य बैंकले विभिन्न पदमा ८०० बढी कर्मचारीका लागि आवेदन आह्वान गरेकाे छ। सो पदमा बैंककाे वेबसाइट https://recruitment.rbb.com.np/ बाट अनलाईन आवेदन दिन सकिन्छ । अनलाइनमार्फत आवेदन फाराम भरेपछि परिक्षा शुल्क भुक्तानी आफ्नाे युजरनेम र पासवर्ड हालेर लग-इन गरेपछि ‘खल्ती’ छनाैट गरी ताेकिएकाे शुल्क भुक्तानी गर्न सकिने कम्पनीले जनाएको छ। खल्ती डिजिटल वालेट नेपालको लाेकप्रिय पेमेन्ट गेटवे हो । ‘खल्ती’ को प्रयोग गरी ६०+ बैंकमा पैसा पठाउन सकिने साथै मोबाइल रिचार्ज, बिजुली, पानी, इन्टरनेट तथा डीटीएचको बिल भुक्तानी, फिल्म, प्लेन, इभेन्ट्स को टिकट खरिद, होटेल रुम बुकिङ गर्ने, इ–कमर्समार्फत किनिएको सामानको भुक्तानी गर्ने, दैनिक पत्रिकाहरुको ग्राहक–शुल्क तिर्ने, सरकारी कर तथा सेवा शुल्क तिर्ने जस्ता धेरै सेवाहरु लिन सकिन्छ । साथमा भुक्तानीमा पाइने क्यासब्याकको फाइदा उठाई रकम बचत गर्न पनि सकिन्छ। ‘खल्ती’ का प्रयोगकर्ताहरुको संख्या २० लाखभन्दा बढि छन् ।यो पनि : राष्ट्रिय वाणिज्य बैंकले माग्यो ८ सय बढी कर्मचारी, यस्तो छ आवश्यक योग्यता र आवेदन दिने तारिका

सम्बन्धित सामग्री

राष्ट्रिय वाणिज्य बैंक र नेशनल बैंकिङ्ग इन्ष्टिच्युटबीच सम्झौता

काठमाडाैँ – राष्ट्रिय वाणिज्य बैंक र नेशनल बैंकिङ्ग इन्ष्टिच्युट लिमिटेडबीच सर्टिफिकेशन कोर्षको बैंकिङ्ग तालिम सञ्चालन गर्नेसम्बन्धी बुधबार सम्झौता भएको छ। सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र नेशनल बैंकिङ्ग इन्ष्टिच्युटका प्रमुख कार्यकारी अधिकृत कुमार लम्सालले हस्ताक्षर गरेका छन्। उक्त सम्झौता भएपश्चात ०८०/८१ मा राष्ट्रिय वाणिज्य बैंकका कर्मचारीको कार्यदक्षता अभिबृद्धिका लागि नेशनल बैंकिङ्ग इन्ष्टिच्युटले हाललाई […]

सबै जिल्लाका सदरमुकाममा पुग्यो राष्ट्रिय वाणिज्य बैंक

राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले आप्mनो सेवा देशको ७७ वटै जिल्ला सदरमुकाममा पु¥याएको छ । सर्लाहीको मलंगवा नगरपालिका वडा नम्बर– ९ मा सोमबार शाखा सञ्चालनमा ल्याएसँगै बैंकको सेवा सबै जिल्लाको सदरमुकाममा पुगेको हो ।  यसअघि...

७७ जिल्लाका सबै सदरमुकाममा पुग्यो राष्ट्रिय वाणिज्य बैंक

काठमाडौँ- राष्ट्रिय वाणिज्य बैंक लिमिटेड सातै प्रदेशको ७७ वटै जिल्ला सदरमुकाममा पुगेको छ। सर्लाही जिल्लाको मलंगवा नगरपालिका-९ स्थित शाखा कार्यालय मलंगवा विस्तार गरी सोमबार कारोबार शुभारम्भ भएपछि ७७ जिल्लाका सबै सदरमुकाममा बैंकको सेवा पुगेको हो। वाणिज्य बैंकहरूमध्ये सात प्रदेशको ७७ जिल्लामा पुगी बैंकले यस अघि नै पहिलो बैंकको रूपमा बैंकिङ पहुँच पुर्‍याइरहेको छ। नेपाल सरकारको […]

खल्तीमा राष्ट्रिय वाणिज्य बैंक खाता लिंक गर्दा नगद बोनस

राष्ट्रिय वाणिज्य बैंक खाता खल्तीमा लिंक गरी पहिलो भुक्तानी गर्ने प्रयोगकर्तालाई एक सय रुपैयाँ बोनस अफर ल्याएको छ ।यस अफर अवधिमा एक भाग्यशाली प्रयोगकर्ताले स्मार्टफोन जित्ने मौकापनि रहेको छ । यो बोनस अफर, राष्ट्रिय वाणिज्य बैंक खाता खल्तीमा पहिलो पटक लिंक गरी पहिलो भुक्तानी गर्ने कुनै पनि प्रयोगकर्ताका लागि लागू हुने बताइएको छ । साथै […]

राष्ट्रिय वाणिज्य बैंक र किङ्गस कलेज सहकार्य

राष्ट्रिय वाणिज्य बैंक र किङ्गस कले बीच उद्यमशीलता विकासका लागि इन्क्युवेसन कार्यक्रम ‘ओथारो’मा सहकार्य गर्ने सम्बन्धमा सम्झौता भएको छ । सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र किङ्गस कलेजका अध्यक्ष नरोत्तम अर्यालले हस्ताक्षर गरेका छन् । सम्झौतापछि ओथारो कार्यक्रम मार्फत किङ्गस कलेजले उद्यम तथा व्यवसाय गर्न चाहने देशभरका युवाहरुबाट व्यवसायीक नवप्रवर्तन योजना माग गरी उत्कृष्ठ योजना छनौट गरीे परामर्श र उद्यमशीलता सम्बन्धी आवश्यक तालिमको व्यवस्थापन गर्ने छ ।&nbs

राष्ट्रिय वाणिज्य बैंक र अक्षित रिसोर्टबीच सम्झौता

राष्ट्रिय वाणिज्य बैंक र सिन्धुली मूलकोटमा रहेको अक्षित रिसोर्ट एण्ड -याफिटिङबीच छुट दिने सम्झौता भएको छ ।दुई संस्थाबीच बैंकका ग्राहकलाई रकम भुक्तानी गर्दा अधिकतम २० प्रतिशतसम्म छुट दिने सम्झौता भएको बैंकले जनाएको छ । सम्झौतापत्रमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनाल र रिसोर्टका प्रोपाइटर रश्मी बस्नेतले हस्ताक्षर गरेका छन् ।सम्झौताअनुसार राष्ट्रिय वाणिज्य बैंकका ग्राहकले […]

राष्ट्रिय वाणिज्य बैंक ५७ वर्षमा प्रवेश

१० माघ, काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक ५७ औं वर्षमा प्रवेश गरेको छ । देशकै दोस्रो वाणिज्य बैंकको रुपमा २०२२ साल माघ १० गते यो बैंक स्थापना भएको थियो । त्यतिबेला नेपाल सरकारको पूर्ण स्वामित्वमा स्थापना गरिएको राष्ट्रिय वाणिज्य बैंक २०६३ वैशाख ६ गतेदेखि भने पब्लिक लिमिटेड कम्पनीको रुपमा सन्चालन हुँदै आएको छ । नेपाल […]

राष्ट्रिय वाणिज्य बैंक र ईसेवामनी ट्रान्सफरबीच सम्झौता

राष्ट्रिय वाणिज्य बैंक र ईसेवामनी ट्रान्सफर बीच  रेमिट्यान्स भुक्तानी गर्ने सम्बन्धमा सम्झौता भएको छ । सम्झौतापत्रमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत कविराज अधिकारी र ईसेवामनी ट्रान्सफरका प्रमुख कार्यकारी निर्देशक अजेस कोइरालाले हस्ताक्षर गरेका छन् । यस सम्झौताअन्तर्गत अब विदेशबाट ईसेवामनी ट्रान्सफर मार्फत पठाएको रेमिट्यान्स् राष्ट्रिय वाणिज्य बैंकका...

राष्ट्रिय वाणिज्य बैंक र युएनडिपी नेपालबीच सम्झौता

काठमाडौँ – राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम(युएनडिपी) नेपालबीच प्रयास कार्यक्रमअन्तर्गत सीमान्तकृत घरधुरीलाई रकम भुक्तानी गर्ने सम्बन्धमा शुक्रबार सम्झौता भएको छ। सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र युएनडिपी नेपालका आवासीय प्रतिनिधि आइसानी मेडागंगोडा लावेले हस्ताक्षर गरेका हुन्। सम्झौतापछि युनडिपीको प्रयास कार्यक्रमअन्तर्गत पहिचान भएका सीमान्तकृत घरधुरीलाई युनडिपीले उपलब्ध गराउने रकम बैंकले […]

राष्ट्रिय वाणिज्य बैंक डोटीका सबै सेवा बन्द

डोटी। राष्ट्रिय वाणिज्य बैंक डोटीले सिलगढी शाखाबाट प्रदान हुँदै आएका आफ्ना सबै सेवा अनिश्चितकालका लागि बन्द गरेको छ। बैंकको डोटी शाखाले एक सूचना प्रकाशित गरी जिल्लामा दिइँदै आफ्नो शाखाका सेवा बन्द गरिएको जानकारी गराएको हो। बैंकमा कार्यरत केही कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि सबै सेवा अनिश्चितकालका लागि बन्द भएको हो। बैंकले आफ्ना सेवा बन्द गरेपछि सेवाग्राहीलाई समस्या भएको छ।