काठमाडौं : तालिबानले अफगानिस्तानका प्रमुख सहर धमाधम आफ्नो नियन्त्रणमा लिँदै थिए। राजधानी काबुल पनि कब्जा गरेसँगै विदेशीहरूलाई देश छाड्न उर्दी जारी गर्यो। विश्वका विभिन्न देशले आफ्ना नागरिकलाई उडान चार्टर गरी उद्धार गरिरहेका थिए। नेपालले भने आफ्ना नागरिक फर्काउन ढिलाइ गरिरहेको थियो। सुनसरीका प्रकाश राई ७ वर्षदेखि काबुलस्थित अमेरिकी नियोगमा सुरक्षागार्ड थिए। फेसबुक अनि ट्वीटरलगायत विभिन्न सामाजिक सञ्जालमा काबुल युद्धभूमि नै बन्ने त्रास फैलिरहेको थ