स्थानीय निर्वाचनका लागि अब मात्र ४७ दिन बाँकी रहेको छ । निर्वाचन आयोगले आइतबार निर्वाचनका लागि मतदाता नामावलीको अन्तिम सूची प्रकाशन गर्ने तयारी गरेको छ । आयोगका अनुसार करिब एक करोड ७७ लाखभन्दा बढी मतदानका लागि योग्य रहेका छन् ।यसअघि मतदाता नामावलीमा दाबी विरोधका लागि फागुन १९ गतेदेखि एक साताको म्याद दिइएको थियो । सो प्रक्रिया पुरा भएको आयोगको भनाइ छ । दाबी विरोधपछि करिब एक लाख मतदाता सूचीबाट हटेको बताइएको छ । अन्तिम नामावली प्रकाशन भइसकेपछि कुनै प्रकारबाट हेरफेर गर्न सकिने छैन । यस वर्ष करिब दुई