६ वर्ष अघि क्षेत्रीय कार्यालयबाट झिकाईएको ‘टीओडी डेटा’ देखाउन कुलमानको आनाकानी

नेपाल विद्युत प्राधिकरणले बाँकी बक्यौता देखाएर बिल पठाएपछि हतोत्साहित बनेका उद्योगीहरु कुन दिन आफ्ना उद्योग बन्द गरेर बस्छन् भन्ने टुंगो छैन । २०७६ सालदेखि हरेक वर्ष ३० प्रतिशतका दरले शुल्क बढेको बिल पाउँदै आएका उद्योगी व्यवसायीहरु प्राधिकरणसँग रुष्ट छन् ।प्राधिकरणले नै २०७२ र २०७३ सालको विभिन्न मितिमा गरेको निर्णय, निर्णय कार्यान्वयनका लागि गरेको परिपत्र र डेडिकेटेड लाइनमार्फत बिजुली नदिने प्रष्ट उल्लेख गरेर जारी गरेको सूचनाका आधारमा पनि उद्योगी व्यवसायीले बक्यौता तिर्नुपर्ने आधार देखिएको छैन ।यो हो अर्को प्रमाणःप्राधिकरणसँग उद्योगी व्यवसायीहरुले अहिले टीओडी डेटामार्फत आफूहरुले प्रयोग गरेको बिजुली कति हो र कति रकम तिर्नुपर्ने हो सो को विवरण उपलब्ध गराउन बारम्बार माग गरिरहेका छन् । तर, प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ ठीओडी डेटा देखाउन तयार छैनन् ।२०७२ साल कार्तिक १५ गते प्राधिकरणको योजना तथा प्राविधिक सेवा विभागले ८ वटै क्षेत्रीय कार्यालयहरुलाई एउटा पत्र पठाएको थियो । उक्त पत्रको अन्तिममा ‘ट्रंक लाइनबाट विद्युत आपुर्ति भईरहेका ६६,३३ के.भी. लाइनमा ग्राहकहरुको पनि टीओडी डेटा डाउनलोड गरी २४ सैँ घण्टा विद्युत आपुर्ति भएको अवस्था रहेमा सोही अनुसारको शुल्क लगाई बिलिङ गर्नसमेत जानकारीको लागि अनुरोध छ’ भनिएको छ ।यसअघिःउद्योगीले तिर्नै नपर्ने पैसा माग्दै कुलमान, हेर्नुस् ६ तथ्यतर, ५ वर्ष १० महिना अगाडी त्यसरी क्षेत्रीय कार्यालयहरुसँग माग गरेको टीओडी डेटा उपलब्ध गराउन कुलमान घिसिङले आनाकानी गर्नुले पनि ‘आफूहरुले कुनै शुल्क तिर्नुपर्ने छैन’ भन्ने उद्योगीहरुको दाबीलाई बल पुगेको छ ।यस्तो छ परिपत्रःनेपाल विद्युत प्राधिकरणवितरण तथा ग्राहक सेवा निर्देशनालययोजना तथा प्राविधिक सेवा विभाग पत्र संख्या २०७२/०७३ च.नं.१५८दरबारमार्ग, काठमाडौँ ।मितिः २०७२।०७।१५श्री विराटनगर क्षेत्रीय कार्यालय, ने.वि.प्रा., मोरङ्ग, विराटनगर । श्री जनकपुर क्षेत्रीय कार्यालय, ने.वि.प्रा., धनुषा, जनकपुर । श्री हेटौंडा क्षेत्रीय कार्यालय, ने.वि.प्रा., हेटौडा ।श्री काठमाडौं क्षेत्रीय कार्यालय, ने.वि.प्रा., काठमाडौं ।श्री बटवल क्षेत्रीय कार्यालय, ने.वि.प्रा., कालिकानगर, बुटवल ।श्री पोखरा क्षेत्रीय कार्यालय, ने.वि.प्रा., पोखरा । श्री नेपालगञ्ज क्षेत्रीय कार्यालय, ने.वि.प्रा., बाँके, नेपालगञ्ज । श्री अत्तरिया क्षेत्रीय कार्यालय, ने.वि.प्रा., कैलाली, अत्तरिया ।विषयः सञ्चालक समितिको २०७२।०३।१२ (७१०औं) को Dedicated Feeder सम्बन्धि निर्णय कार्यान्वयन गर्ने सम्वन्धमा ।नेपाल विद्युत प्राधिकरण सञ्चालक समितिको मिति २०७२।०३।१२ को ७१०औं वैठकबाट भएको Dedicated Feeder मार्फत विद्युत आपूर्ति गर्ने बारेको निर्णय र उपसमितिको स्वीकृत प्रतिवेदनको आधारमा कार्यान्वयन गर्न पटक पटक जानकारी गराईएको विदितै होला ।Dedicated Feeder लाईनमा निरन्तर रुपमा विद्युत आपूर्ति भईरहेको विद्यमान ग्राहकहरु र अव उप्रान्त Dedicated Feeder बाट २४ सैँ घण्टा औद्योगिक, व्यापारिक तथा गैह्र व्यापारिक वर्गका कलेक्सन भएका ग्राहकहरुलाई सञ्चालक समितिको निर्णय प्रतिवेदनको बुंदा नं.४.१४ अनुसार Annex ३.१२ (क) बमोजिम नयाँ Tariff (शुल्क) को प्रस्ताव स्वीकृत भए अनसार कार्यान्वयन गरेको विवरण उक्त निर्णय भएको मितिदेखि हालसम्म कन कुन ग्राहकबाट के कति रकम नया Tariff अनुसार प्राप्त भएको छ सो को विवरण अविलम्व उपलब्ध गराउन हुन समेत ताकेता गरिएको छ ।साथै Trunk line बाट विद्यत आपुर्ति भैरहेका ६६, ३३ के.भी. लाईनमा ग्राहकहरुको पनि TOD Data Download गरी २४ सैं घण्टा विद्युत आपुर्ति भएको अवस्था रहेमा सोही अनुसारको Tariff (शुल्क) लगाई विलिङ्ग गर्न समेत जानकारीको लागि अनुरोध छ । बोधार्थःश्री वितरण तथा ग्राहक सेवा निर्देशनालय, ने.वि.प्रा. ।श्री प्राविधिक सपोर्ट महाशाखा, यो.प्रा.से.वि., ने.वि.प्रा.। श्री कम्प्युटराईज्ड विलिङ्ग तथा नेटवर्किङ्ग महाशाखा, ने.वि.प्रा. ।यो पनिःउद्योगीसँग अर्बौ बक्यौता माग्ने कुलमान प्राधिकरणकै सूचना किन देख्दैनन् ?