आर्मी र संकटा बराबरीमा रोकिए, अर्को खेलमा सातदोबाटो विजयी
दशरथ रंगशालामा आइतबार भएको खेलमा त्रिभुवन आर्मी फुटबल क्लब संकटा क्लबसँग गोलरहित बराबरीमा रोकिएका हुन् । खेलको सुरूमै उत्कृष्ट प्रदर्शन गर्दै गोलको सिर्जना बनाएको आर्मीले सदुपयोग गर्न सकेन । यता, संकटा क्लबले पनि गोल गर्ने राम्रो अवसर खेर फाल्यो ।
काठमाण्डाै – आहा रारा गोल्डकप फुटबल प्रतियोगितामा एपीएफ क्लबले विजयी सुरुवात गरेको छ । पोखरा रंगशालामा आज भएको उद्घाटन खेलमा आयोजक सहारा क्लबलाई २–० गोलले हराउँदै एपीएफ क्वाटर फाइनलमा प्रवेश गरेको हो ।
आयोजक सहारा क्लब पहिलो खेलमै पराजित भएको छ । एपीएफका लागि आभाष लामिछाने र प्रदीप लामाले एक/एक गोल गरे । एपीएफले अब माघ ८ गते बीवाईएससी मिनेसोटा यूएसएसँग खेल्नेछ । आजदेखि सुरु भएको प्रतियोगितामा १० टोली सहभागी छन् । प्रतियोगितामा आयोजक सहारासहित एपीएफ, नेपाल पुलिस, त्रिभुवन आर्मी, संकटा, थ्री...