ओखलढुङ्गा : कांग्रेसका प्रदीप सुनुवार र एमालेका अम्बीर गुरुङको रोचक प्रतिस्पर्धा

ओखलढुङ्गा – ओखलढुङ्गा प्रदेश सभा (क) मा गठबन्धनकातर्फबाट नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीपकुमार सुनुवार र नेकपा एमालेका तर्फबाट प्रदेश नम्बर १ का पूर्वमन्त्री अम्बीरबाबु गुरुङ चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ । दुवै जना उम्मेदवार जिल्लामा स्थापित र राष्ट्रिय राजनीतिमा समेत प्रभाव राख्न सक्ने भएकाले उहाँहरूबीच रोचक प्रतिस्पर्धा हुने देखिएको छ ।  सुनुवार दुई पटक लगातार कांग्रेसको जिल्ला सभापति र अहिले केन्द्रीय सदस्य हुनुहुन्छ । गुरुङ एमालेको प्रदेश कमिटीको सचिवालय सदस्य, २०७४ मा निर्वाचित सांसद र प्रदेश १ को भौतिक ...