यो वर्षको मनसुन नेपाल भित्रिन करिब एक साता मात्र बाँकी छ । मनसुनमा कर्णाली र कोशी प्रदेशका पहाडमा पहिरो ज्यादा जाने सम्भावना रहेकाले सतर्कता बढी अपनाउनुपर्ने भएको छ । गत वर्ष जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर ६.४ म्याग्निच्युडको भूकम्प गएपछि जाजरकोट र रुकुम आसपासका पहाड कमजोर बनेका छन् । त्यसैले पनि यो वर्षको मनसुनमा बढी पहिरो त्यता जाने सम्भावना बढेकाले उच्च सतर्कता अपनाउन जरुरी रहेको राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले औँल्याएको छ ।