अस्पताल पठाउन लागिएका करिब ६ करोड स्वीकृत

काठमाडौं। अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पदभार समालेपछि पहिलो निर्णयको रुपमा अस्पताललाई पठाउने करिब ६ करोड स्वीकृत गरेका छन्। उनले अक्सिजन प्लान्ट र पाइपलाइनका लागि डडेलधुरा, पाटन अस्पताल र भेरी अस्पताललाई दिने रकम स्वीकृत गरेका हुन्। तीन अस्पताललाई तत्काल दिन ५ करोड ८३ लाख २४ हजार रुपैयाँ स्वीकृत भएको हो।

सम्बन्धित सामग्री

स्वाईनफ्लुबाट  बंगुरपालन किसानको एक वर्षमा सात करोडको क्षति

चितवन । चितवनमा गत आर्थिक बर्ष ०७८, ०७९ मा स्वाईनफ्लु रोगबाट चितवनका बंगुरपालन किसानको झण्डै सात करोडको क्षति भएको छ ।  भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र चितवनको तथ्याङ्कअनुसार ११ वटा फार्मका ३ हजार ३१२ बंगुर मर्दा ६ करोड ९७ लाख ६९ हजार रूपैयाँबराबरको क्षति भएको हो ।  पशु चिकित्सक डा. रामचन्द्र आचार्यले गतबर्ष चितवनका बंगुरपालन किसानले स्वाईनफ्लु संक्रमणबाट ठूलो क्षति बेहोर्नु परेको बताए । स्वाईनफ्लुको प्रकोपबाट बंगुर मर्न थालेपछि ती खोरमा तत्कालै  नयांँ पाठा राख्न नदिएको उनको भनाई छ । खोर पूर्णरुपमा निर्मलीकरण भएपश्चात मात्र बंगुरका पाठा किसानले राख्न थालेका छन ।  डा.आर्चायका अनुसार एकपटक सङ्क्रमित भइसकेको खोरमा पनि एक हजार दिनसम्म सङ्क्रमण हुन सक्ने देखिन्छ । त्यसपछि मात्रै पशुपंक्षी राख्न सकिने उनले बताए । ‘अफ्रिकन स्वाइन फिभर’ नामक सरूवा भाइरसका कारण चितवनका व्यावसायिक बंगुरपालक किसानको खोर नै रित्तिएका थिए । भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र भरतपुरसँग तथ्याङ्कअनुसार चितवनमा २०७९ को साउन ८ गते पहिलोपटक यो रोग देखा परेको थियो । त्यसयता सङ्क्रमण फैलिने क्रम नरोकिएको पशुसेवा विज्ञ केन्द्रले जनाएको छ । विज्ञ केन्द्रकी प्राविधिक सजना राईले पछिल्लो समय गएको जेठ १० गते भरतपुर–१, ठिमुराको एउटा फार्ममा यो समस्या देखा बताईन  । जहाँ ४६ वटा बंगुर मरेका  थिए ।सङ्क्रमण देखिएपछि हालसम्मको तथ्याङ्क हेर्दा चितवनमा तीन हजार तीन सय १२ वटा बंगुर अफ्रिकन स्वाइन फिभर नामक सङ्क्रामक भाइरसकै कारण मरेका छन् ।  उनका अनुसार सङ्क्रमण फैलिएको फार्ममा ७५ प्रतिशतसम्म बंगुर मरेका छन् ।  ‘एउटा खोरमा सङ्क्रमण फैलिइसकेपछि त्यसलाई निःसङ्क्रमण बनाएर पनि तीन महिनासम्म त्यही खोर पुनः प्रयोग गर्न नमिल्ने देखिन्छ’, उनले भनिन ।  चितवनमा सबैभन्दा ठूलो क्षति किसान नरेन्द्रकुमार कन्दङ्वा लिम्बूको  अफ्रिकन स्वाइन फिभरबाट एक हजार दुई सय ५० बंगुर मरेका थिए । उनको फार्ममा मात्रै करिब चार करोड रूपैयाँभन्दा बढीको आर्थिक क्षति भएको उनको भनाई छ  । किसानको समस्याबारे सरकारले राहत उपलब्ध गराउने भएपछि जिल्लामा ११ वटै फर्मबाट आवेदन परेको थियो । ती सबै फर्मको क्षति विवरण मन्त्रालयमा पठाइसकिएको हुँदा राहत रकम पाउने प्रक्रिया सुरू भइसकेको विज्ञ केन्द्रले  जनाएको छ  ।

पूर्वमन्त्री श्रेष्ठद्वारा आँखा अस्पताल शिलान्यास

त्रिपुरेश्वर आँखा अस्पतालको शाखा कार्यालय नेपाल आँखा अस्पतालको भवन जीतपुर सिमरा उपमहानगर ४, स्थित औराहामा आज शिलान्यास गरिएको छ । करिब ६ करोड अनुमानित लागतमा निमार्ण हुने आँखा अस्पतालको आज पूर्व श्रम तथा रोजगार मन्त्री किसान श्रेष्ठले उद्घाटन गरेका हुन् ।त्रिपुरेश्वर आँखा अस्पतालका कार्यकारी अध्यक्ष दमनबहादुर घलेले तराई, मध्यपहाडी र हिमाली क्षेत्रमा त्रिपुरेश्वर आँखा अस्पताल काठमाडौको शाखा कार्यालयहरु खोल्ने योजना अन्तर्गत बाराको जीतपुर सिमरा,४ स्थित औराहाबाट शुरु गरिएको बताए । औराहा स्थित आँखा

अस्पताल पठाउन लागिएका करिब ६ करोड स्वीकृत

काठमाडौं। अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पदभार समालेपछि पहिलो निर्णयको रुपमा अस्पताललाई पठाउने करिब ६ करोड स्वीकृत गरेका छन्। उनले अक्सिजन प्लान्ट र पाइपलाइनका लागि डडेलधुरा, पाटन अस्पताल र भेरी अस्पताललाई दिने रकम स्वीकृत गरेका हुन्। तीन अस्पताललाई तत्काल दिन ५ करोड ८३ लाख २४ हजार रुपैयाँ स्वीकृत भएको हो।