धन्न, आफूले लगाएको आगोले आफैलाई पोलेन

सत्ता गठबन्धन नेकपा(एस) को भ्रातृ संगठन अनेरास्ववियुले मिनभवनस्थित नेपाल कमर्स क्याम्पस (एनसीसी) अगाडि गृहमन्त्री बालकृष्ण खाँणको पुत्ला दहन गर्ने क्रममा आगो लगाइको पुत्ला अचानक एक विद्यार्थीमाथि नै झर्‍यो । अनेस्वावियु केन्द्रीय सचिवालय सदस्य विराज धमलालाई आगोको लप्काले भेटेपछि उनी अत्तालिँदै दौडिए । पुत्लामा आगो लगाएर कलेज बाहिर निस्कने क्रममा प्रहरीले पुत्ला खोस्न खोजेपछि आगो लागेको पुत्ला उनीमाथि खसेको थियो । धन्न उनलाई गम्भीर घाउ भने लागेन ।